विराटनगरको बनसखण्डि मन्दिर : शिवरात्रीमा खोलिन्छ शिवलिङको मुकुट

विराटनगरको बनसखण्डि मन्दिर : शिवरात्रीमा खोलिन्छ शिवलिङको मुकुट

इन्दु साह
विराटनगर । विराटनगर ७ स्थित देवकोटा चोकमा अवस्थित श्री बनसखण्डि महादेव मन्दिर शिवजीको मन्दिरहरु मध्ये प्रमुख मानिन्छ । बालखण्डी बाबा र लिया बाबाले स्थापना गरेको मन्दिरको महत्व शिवभक्तहरुका लागि निक्कै छ । मन्दिर स्थापना गर्ने बाबाहरुका नामबाट नाम बनसखण्डी राखिएको हो ।

यो मन्दिर विराटनगरका विभिन्न स्थानबाट श्रदालु पुजाआजाका लागि आउने गरेका छन् । वि.सं. १९१९ मा स्स्थापना गरिएको यस मन्दिरमा अहिले पनि श्रदालुको आस्था पहिले जस्तै छ । यहाँ विशेष गरी बाबा बनसखण्डि र शिवजीको पुजा आराधाना गरिन्छ । यस मन्दिरमा शिवजी, गणेश, नन्दिदेव, पार्वती, विश्नु लगायत देविदेवताको मुर्ती राखिएको छ । यहाँ आउने श्रदालुले पन्च देविदेबताको आराधना गर्ने गर्दछन् ।

मन्दिरका पुजारी सोजन गिरीका अनुसार बनसखण्डि मन्दिरको विशेष महत्व शिवरात्रीमा झल्कने गरेको छ । मन्दिर भित्रको शिवलिङको मुकुट शिवरात्रीमा मात्रै खोलिने भएकोले यसको महत्व धेरै रहेको छ । शिवलिङमा लगाईएको मुकुट वर्षको एकदिन खोलिने गरेको हो । शिवरात्रिको दिन चाँदिको मुकुट खोलि भक्तजनलाई दर्शन गराईन्छ । विशेषगरी शिवरात्रि, तीज, श्रावणमा यहाँ भक्तजनको भिड लाग्ने गर्दछ । भक्तजन घण्टौं लाईनमाबसेर पुजा गर्नको लागि पालो कुर्नुपर्ने अवस्था आउँछ ।

विराटनगरका विभिन्न ठाउँबाट पुरोहितहरु यहाँ सधै जसो जप गर्न आउने गरेका छन् । मन्दिरको जमिन तिन कठ्ठा बढी रहेको छ । मन्दिरको ढोका काठले बनाइएको छ । यहाँ भएका काठका ढोकाहरुमा शिव, हनुमान, गणेशको चित्र कुँदिएको छ । यहाँ भएका तिनवटै ढोकामा कुँदिएको चित्रले मन्दिरको आकर्षण झन् बढाएको हो । मन्दिरको परिसरमा फलैंचा समेत राखिएको छ । विभिन्न ब्यक्तिले आफ्ना पितृको सम्झनामा मन्दिरमा फलैँचा दान गरेका हुन् । श्रदालुले पुजागरी सके पश्चात केहिबेर सोहि फलैँचामा बसी आराम गर्ने गर्दछन् ।

गएको असारमा विराटनगर ९ निवासी अशोक कुमार अधिकारीले स्वर्गीय जनक कुमारी, कजन देवी तथा स्वर्गीय युवराज अधिकारीको पुण्य स्मृतिमा नन्दिदेव मुर्ति राखेका थिए । सुनौलो रङले रङ्गीएको उक्त नन्दिको मुर्ती मन्दिरको प्राङगणमा राखिएको छ । मन्दिर भित्र शिवलिङ राखिएको छ । उक्त शिवलिङलाई शिवरात्री बाहेकका दिनमा चाँदीको मुकुटले छोपिन्छ ।  श्रदालुले जल चढाउदा शिवलिङ खिइने भएकोले संरक्षणको लागि चाँदीको मुकुट लगाइएको मन्दिरका ४७ वर्षीय पुजारी सोजन गीरीले बताए । उनी तीनपुस्तापछि मन्दिरका रेखदेख गर्दै आएका छन् । यस अगाडी उनका अग्रहहरुले मन्दिरको रेखदेख गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्