बोक्सीको आरोप लगाउँदै महिलामाथि कुटपिट गर्ने एक जना बुढीगंगाबाट पक्राउ

बोक्सीको आरोप लगाउँदै महिलामाथि कुटपिट गर्ने एक जना बुढीगंगाबाट पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका बोक्सीको आरोप लगाउँदै महिलामाथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको बुढीगंगा गाउँपालिका-७ की ५० वर्षीय पारो माझीलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

५५ वर्षीय महिलालाई कुटपिट गर्दै र यातना दिँदै मानव मलमूत्र (दिसा-पिसाब) खुवाएर अमानवीय व्यवहार गरिएको पाइएको डिएसपी दाहाले बताए । पक्राउ परेकी माझीले गाउँघरमा धामी झाँक्रीको काम गर्दै आएको पाइएको उनको भनाइ छ ।

माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको र पूजाको दियो चोरी गरेको आरोप उनले पीडितलाई लगाएको प्रहरीको भनाइ छ । ‘पूजाको दियो हराएपछि चोरी गरेको भनेर बोक्सीको आरोप लगाउँदै उनले महिलालाई कुटपिट गरेर यातना दिँदै मलमूत्र खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’डिएसपी दाहालले भने‘ जोखाना हेर्दा र तान्त्रिक विधिबाट ध्यान गर्दा दियो चोरेको थाहा भएकाले बोक्सीलाई गर्ने कारबाही गरेको माझीले प्रहरी समक्ष स्वीकार गरेकी छन्। र पिडितले पनि यही भन्नुभएको छ । माझीले लछारपछार पारेर हातले कुटपिट गर्दै विभिन्न हिसाबबाट यातना दिएर पीडितलाई मलमूत्र खुवाएको जानकारी दाहालले दिए ।

धामी झाँक्रीको काम गर्दै आएकी माझीलाई पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको दाहालको भनाइ छ । उनी विरुद्ध बोक्सी आरोपको कसुरमा अदालतबाट शुक्रबार म्याद थप गर्ने तयारी भइरहेको डिएसपी दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्