चार मन्त्रीलाई बर्खास्त गर्न एमाले सचेतक बर्तौलाको माग

<span class='c1'>चार मन्त्रीलाई बर्खास्त गर्न</span> <span class='c2'>एमाले सचेतक बर्तौलाको माग</span>

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा संलग्न मन्त्री प्रकाश ज्वाला र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अविलम्व बर्खास्त गर्न माग गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समय लिएर बोल्दै सचेतक बर्तौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वाला र गृहमन्त्री श्रेष्ठलाई अविलम्व बर्खास्त गर्न माग गरेको हुन् ।

बर्तौलाले बालकुमारी घटनामा दोषी ज्वाला र श्रेष्ठलाई निलम्बन गर्नुपर्ने माग गरेका हुन् । सरकार आफैँले बनाएको अयोगले भौतिकमन्त्री ज्वाला दोषी भनेपछि किन निलम्बन नगरको भनदै प्रश्न गरे । ‘प्रधानमन्त्रीले बर्खास्त गरेको भन्ने सूचना पाएनौँ । सिपाहीलाई कारबाहीको डन्डा, मन्त्रीलाई उन्मुक्ति हुन सक्दैन,’ उनले भने ।

उनले मन्त्री मोहन बहादुर बस्नेत र सुदन किरातीको पनि राजीनामा माग गरे । टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिएका पूर्वसञ्चारमन्त्री तथा वर्तमान स्वास्थ्यमन्त्री बस्नेतलाई र रामग्राम क्षेत्रमा निजी क्षेत्रलाई दिने प्रपन्चमा लागेका पर्यटनमन्त्री किरातीलाई पनि राजीनामा गर्न माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्