उद्योगी-व्यवसायी घरानाका लागि कर्जा सीमा तोकिएको छ : प्रधानमन्त्री

<span class='c1'>उद्योगी-व्यवसायी घरानाका लागि कर्जा सीमा</span> <span class='c2'>तोकिएको छ : प्रधानमन्त्री</span>

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकै व्यक्ति वा समूह, बैंक र व्यवसायी दुवै हुँदा आउनसक्ने समस्यालाई निराकरण गर्न सरकारले कानूनी र नीतिगत व्यवस्था गरेको बताएका छन् । उनले यस दिशामा थप नीतिगत र कानूनी सुधारका कार्य भइरहेको जानकारी दिए।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकमा प्राप्त स्रोत-साधन सीमित घरानामा अधिक केन्द्रित हुँदा विभिन्न प्रकारका जोखिम सिर्जना हुने भएकाले निराकरण गर्न बैंकिङ क्षेत्रमा एक व्यक्ति वा समूहले लिन पाउने कुल कर्जा सीमा तोकिएको जानकारी दिए ।

उनले उद्योगी-व्यवसायी घरानाले विभिन्न क्षेत्रमा लगानी गर्दा देशभित्र उत्पादन र रोजगारी बढाउन साथै आवश्यक वस्तु तथा सेवाको आपूर्ति सहज बनाउन मद्दत पुग्ने उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयमा हालै एमाले प्रतिनिधि मण्डल र मुख्यसचिव सहितको गहन छलफल भइसकेको बताउँदै एमालेले अघि सारेका मध्य पहाडको विकासको सन्दर्भमा सरकार पनि सहमत रहेकोर एमाले उपाध्यक्ष विष्णु पौडेलसँग आफूले व्यक्तिगत रुपमा पनि छलफल गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्