नीलगाई र बाँदरले पुर्‍याएको क्षतिको राहत दिइने

<span class='c1'>नीलगाई र बाँदरले पुर्‍याएको</span> <span class='c2'>क्षतिको राहत दिइने</span>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराई क्षेत्रमा नीलगाई र पहाडी क्षेत्रमा बाँदरले पुर्‍याएको क्षतिको राहत दिने व्यवस्था मिलाइएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा सांसद किशोर सिंह राठोरको वन्यजन्तुले गरेको क्षतिबापतको राहत दिन कार्यविधि संशोधन गरिसकेको भन्दै आउँदा दिनमा वन्यजन्तुले पुर्‍याएको क्षतिलाई बिमासँग आबद्ध गरी विशेष कार्यक्रम सञ्चालन गर्ने बताए ।

उनले भने,‘वन्यजन्तुले गरेको क्षतिबापतको राहत दिन कार्यविधि संशोधन गरिसकेको छ । कार्यविधि अनुसार प्रदेश सरकार र स्थानीय सरकार समेतको सहभागितामा राहत वितरण गर्ने व्यवस्था गरिएको छ । तराई क्षेत्रमा नीलगाई र पहाडी क्षेत्रमा बाँदरले पुर्‍याएको क्षतिको राहत दिने व्यवस्था मिलाइएको छ । आउँदा दिनमा वन्यजन्तुले पुर्‍याएको क्षतिलाई बिमासँग आबद्ध गरी वन तथा वातावरण मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयबिच समन्वय गरी विशेष कार्यक्रम सञ्चालन गरिँदै छ ।’

उनले मुक्त कमलरी र सुकुम्वासी समस्या समाधानका लागि लागि राष्ट्रिय भूमि आयोगले काम गरिरहेको बताए । हालसम्म १० लाख बढी निवेदन संकलन ४ हजार ५ सय ८४ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरिसकेको भन्दै केहि कानुनी जटिलताका कारण सम्बन्धित कानुन संशोधनको कार्य अगाडि बढाइएको पनि जानकारी दिए ।

उनले भने,‘मुक्त कमलरी र सुकुम्वासी समस्या समाधान विषयमा विगतदेखि सरकारले प्रयासहरु गर्दै आएको छ । राष्ट्रिय भूमि आयोग गठन गरी स्थानीय तहसँग समन्वय गरी काम गरिरहेको छ । हालसम्म १० लाख बढी निवेदन संकलन भएको छ । यस्तै ४ हजार ५ सय ८४ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरिसकेका छन् । केही कानुनी जटिलताका कारण सयसँग सम्बन्धित कानुन संशोधनको कार्य अगाडि बढाईएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्