२७ दशमलव २१ अङ्कले घट्यो नेप्से

<span class='c1'>२७ दशमलव २१</span> <span class='c2'>अङ्कले घट्यो नेप्से</span>

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा साताको पहिलो दिन दोहोरो अंकको गिरावट आएको छ ।

आइतबार नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ विन्दुमा कायम भएको छ ।

सेन्सेटिभ इन्डेक्स ०.९१ प्रतिशतले घटेर ३६५.२० विन्दुमा अडिएको छ । सबै कम्पनीको सेयरमा नकारत्मक सर्किट लागेको दिन दुई कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो । बोटलर्स नेपाल र समाज लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो ।
सबै उपसमूहका सूचक नकारात्मक छन् । फाइनान्स उपसमूह र हाइड्रोपावरको सूचक २ प्रतिशत बढीले घटेको छ ।

कारोबारमा भएका कम्पनीमध्ये २१ वटाको सेयरमूल्य बढ्दा २२५ वटाको घट्यो भने दुई कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।
३ सय १५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयर ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
उल्लेख्य सेयर कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, एनआइसी एसिया बैंक, जोशी हाइड्रोपावर, सगरमाथा जलविद्युत कम्पनी, युनियन हाइड्रोपावर लगायत छन् । हिमालयन रिइन्स्योरेन्सको ४० करोड ९ लाखको सेयर कारोबार भएको छ ।

यसैगरी एनआईसी एसिया बैंकको १३ करोड ६५ लाख, जोशी हाइड्रोपावरको १० करोड, सगरमाथा जलविद्युतले ९ करोड र युनियन हाइड्रोपावरले ७ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्