गणतन्त्र र वर्तमान संविधानको जग २००७ सालको क्रान्ति थियो भनेर बिर्सिन हुन्नँ : राष्ट्रपति पौडेल

<span class='c1'>गणतन्त्र र वर्तमान संविधानको जग २००७ सालको क्रान्ति</span> <span class='c2'>थियो भनेर बिर्सिन हुन्नँ : राष्ट्रपति पौडेल</span>

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २००७ सालको क्रान्तिको जगमा नै गणतन्त्र र वर्तमान संविधान प्राप्ति भएको बताएका छन् ।

‘लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैंले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्वपूर्ण जग वि.सं २००७ सालको क्रान्ति थियो भन्ने हामीले बिर्सन हुन्नँ,’ राष्ट्रपति पौडेलले सोमबार प्रजातन्त्र दिवसको शुभकामना सन्देशमा भनेका छन् ।

राष्ट्रपति पौडेलले फागुन ७ मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको दिनकारुपमा इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिन भएको स्मरण गरेका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेपालीले सात दशक भन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्वपूणर् उपलब्धिकारुपमा उल्लेख गरेका छन् ।
‘लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धि सहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउँछ । जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको छ,’ उनले भने, ‘नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्थालाई अंगिकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ ।’

दिवसका अवसरमा राष्ट्रपति पौडेलले नेपालको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य प्राप्तिको कामना समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्