उत्कृष्ट काम गर्दै विदा भए मोरङबाट एसपी दिपक पोखरेल

<span class='c1'>उत्कृष्ट काम गर्दै विदा भए</span> <span class='c2'>मोरङबाट एसपी दिपक पोखरेल</span>

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा प्रमुख भएर एसपी दीपक पोखरेल आएपछि एक वर्ष अवधिमा मोरङमा उत्कृष्ट काम गर्दै सरुवा भएका छन् ।

पोखरेलको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा नियमित सरुवा भएको हो । उनको कार्यकालमा मोरङमा घटेका जघन्य अपराधको घटनामा संलग्नलाई पक्राउ गरी सफल अनुसन्धान गरी कारबाहीको दायरामा ल्याएका छन् ।

गम्भीर प्रकृतिका अपराध गरी फरार अभियुक्तहरूलाई समेत पक्राउ गर्न सफल भएका छन् । एक वर्षमा मोरङमा २ हजार ३ सय १६ वटा मुद्दा दर्ता भए । २०७९ माघ २० देखि माघ २९ गतेसम्म दर्ता भएका मध्ये १ हजार ४ सय ५६ मुद्दा फर्छ्यौट भएको छ । बाँकी ६० रहेको छ । जसमध्ये २ हजार १ सय ८७ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये १ हजार ९४ पुरुष र २ सय ३९ जना महिला रहेको मोरङ प्रहरीको अभिलेखमा देखिन्छ ।

यस्तो छ प्रतिनिधिमुलक घटना
घटना : १
झापा, मोरङ र सुनसरीमा रहेको शैक्षिक संस्थामा चन्दा आतंक सृजना गर्ने र नदिए विष्फोटक पदार्थ राखेर ध्वांसात्मक गतिविधि गर्ने समूहका दुई जना सदस्यलाई मोरङ प्रहरीबाट खटिएको प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा इलाम माम्सेवुङ गाउँपालिका १ गजुरमुखी घर भई काठमाडौँस्थित भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको याङवरक गाउँपालिका १ का ३० वर्षीय विपिन अधिकारी रहेका छन् ।

भूमिगत संगठनको नाममा महासचिव महावीरको दस्तखत भएको नेपाल कम्युनिष्ट पार्टी माओवादी लेखिएको लेटर प्याड प्रयोग गरी चन्दा माग गर्ने र नदिए विस्फोटक पदार्थ राखेर आतंक सृजना गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
मंगलबार बिहान विराटनगर-३ मा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले ‘डिस्पोज’ गरेको थियो । डिस्पोज गरिएको शङ्कास्पद वस्तु कुकर बम भएको पुष्टि भएको छ । सो घटनामा पनि उनीहरूको संलग्नता रहेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो । चन्दा नदिने शैक्षिक संस्था अगाडी पनि विस्फोट गराउने उनीहरूको उद्देश्य थियो । मोरङ प्रहरीले बेलैमा सूचना पाएपछि उनीहरूलाई नियन्त्रणमा लिएको कारणले थप आपराधिक क्रियाकलाप हुन पाएनन् । पक्राउ परेका दुवै जनाविरुद्ध विष्फोटक पदार्थ ऐनअन्तर्गत मोरङ अदालतमा म्याद थप गरी अहिले अनुसन्धान भइरहेको छ ।

घटना : २
विराटनगर- १९ मिलन चोककी २८ वर्षीया प्रियङ्का सुनारको हत्या आफ्नै श्रीमानको योजनामा भएको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो । पुरुषसँग अनैतिक सम्बन्ध रहेको भन्दै प्रियाकाको हत्या गर्न २९ वर्षीय श्रीमान रमेश साहसहित प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । प्रिंयाङकाको हत्या गरेपछि ८ फागुनमा बुढीगंगा गाउँपालिका-२ स्थित अमाहीस्थित नरसिंह चौधरीको गाई गोठमा शव प्लास्टिकको बोरामा फेला परेको थियो । शव भेटिएपछि सुनारको हत्या आरोपमा श्रीमान रमेश, इटहरी गाँउपालिकाका ६२ वर्षीय रामानन्द राम, ३५ वर्षीय उमेश सरदार, विराटनगर-७ का ५३ वर्षीय श्रीराम चौधरी लाई पक्राउ गरेको थियो । अहिले उनीहरू मोरङ अदालतको आदेशपछि कैद भुक्तानको लागि मोरङ कारागारमा छन् ।

घटना : ३
सुनसरीको बर्जुमा डिउटीमा खटिएको सादा पोसाकको दुईजना प्रहरीको हतिायर लुट्ने गिरोहका मुख्य नाइकेसहित ६ जनालई मोरङ प्रहरीले पक्राउ गर्न सफल भएको थियो । राती १२ बजे डियुटिमा खटिएको प्रहरीको चाइनिज पेस्तोल लुट्ने लुटेरा समूहका मुख्य गिरोह बुढीगंगाका रिजवान मियाँसहित ६ जनालाई भदौ २४ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको थियो । उनीहरु सीमावर्ती क्षेत्रमा हतियार देखाएर श्रृंखलावद्ध लुटपाट गर्ने समूह रहेका थिए ।

१४ जिल्ला मध्ये फरार समात्न मोरङ प्रहरी अगाडी

फरार प्रतिवादी समात्नमा पनि मोरङ प्रहरी उत्कृष्ट देखिएको छ । अदालतले दोषी ठहर गरी फरार अभियुक्त पक्राउ गरी कारबाहीको दायरामा ल्याउन मोरङ प्रहरी अगाडी रहेको प्रदेश प्रहरीको अभिलेखमा देखिन्छ ।
चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा कोशी प्रदेशमा ५५६ जना फरार अभियुक्त पक्राउ गरेको छ ।
जसमध्ये चालु आर्थिक वर्षको पाँच महिनामा मोरङ प्रहरीले मात्रै २६६ जना पक्राउ गरेको छ । यो पक्राउ सङ्ख्या १४ जिल्ला मध्ये मोरङ अगाडी हो । एसपी पोखरेलको कार्याकालमा एक वर्षमा ४ सय ६६ जना फरार अभियुक्त पक्राउ गरी १ सय ८९ वर्ष ५ महिना ३ दिन कैद र ७० करोड ५४ लाख ८० हजार ७७६ रुपैयाँ राजस्व असुली गरेको छ ।

फरार पक्राउ पर्ने अभियुक्त कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी, डाक्या लगायत मुद्दाका फरार अपराधीलाई पक्राउ गरेको एसपी पोखरेलले बताए । ‘ढिलो चाँडो गलत काम गर्नेहरू कानुनी दायरामा आउनपर्छ, त्यसैले पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी अपराधी पक्राउ गर्छौँ,’ एसपी पोखरेलले भने, ‘अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखी फरार पक्राउ अभियान सुरु गरिएको हो ।’ अभियानका माध्यमबाट अपराध गरेर जितिदिन लुकीछिपी वसेपनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट छैनन् भन्ने सन्देश पनि दिएको एसपी पोखरेलले बताए । ‘अपराध गरेपछि सजाय भुक्तान नगरी बचेर बस्न सकिँदैन भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमबाट समाजमा अपराधको न्यूनीकरण पनि गर्नका लागि सचेतना फैलने आशा गरिएको छ,’ उनले भने ।

यसैगरी मोरङ प्रहरीले एक वर्षमा १२ करोड ८१ लख ४ हजार ८६१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । प्रहरीले १ हजार ३ सय ८३ केजी गाँजा, ५ सय मिलिग्राम चरेश बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्