झापामा कुन्युबाट सल्किएको आगोमा जलेर बालकको मृत्यु

<span class='c1'>झापामा कुन्युबाट सल्किएको आगोमा</span> <span class='c2'>जलेर बालकको मृत्यु</span>

विराटनगर । झापाको झापा गाउँपालिका–४ भानटोलीमा आगलागी हुँदा जलेर एकजना बालकको मृत्यु भएको छ ।

परालको कुन्युबाट सल्किएको आगोले स्थानीय इनाम हुसेन सेखको १ तले टिनको छानो भएको कच्ची घरमा शुक्रबार साँझ आगलागी भएको थियो ।

प्रहरीका अनुसार सेखका साढे चार वर्षका छोरा अतिप हुसेनको जलेर घटनास्थलमै मृत्यु भएको हो ।

आगलागीबाट इनाम हुसेन शेख र शाकिर हुसेन सेखको भान्सा घरभित्र रहेको खाद्यान्न, भाडावर्तन तथा नजिकै रहेको मस्जिद समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ८ लाख बरावरको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्