बुढीगंगाबाट प्रतिबन्धित लागूऔषधसहित १७ जना पक्राउ

बुढीगंगाबाट प्रतिबन्धित लागूऔषधसहित १७ जना पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ बाट प्रतिबन्धित लागूऔषधसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउँसो चेकजाँच गर्ने- क्रममा प्रतिबन्धित लागूऔषधसहित १७ जनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये ४ जनाको साथबाट प्रहरीले लागूऔषध बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट ४ हजार थान भन्दा बढी ट्याबलेन्ट बरामद गरेको छ ।

पक्राउ परेका ४ जना बाहेक अन्य लागूऔषध प्रयोगकर्ता रहेको बुझिएको छ । उनीहरुले सीमावर्ती बजार जोगबनीमा लागूऔषध सेवन गरेर आएका थिए ।

केहीले सेवन पनि गरेर बोकेर आउने क्रममा प्रहरीले लागूऔषध बरामद गरेको हो । ४ जना मध्ये २ जनालाई कारबाहीका लागि औषधी व्यवस्था विभाग पठाइने र दुई जनालाई प्रहरीले नै कारबाही प्रक्रिया अगाडि बढाउने र बाकी लागि परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्