भेडेटार नजिक १५० फिट अग्लो बुद्धको प्रतिमा निर्माण गर्न डीपीआर तयार

भेडेटार नजिक १५० फिट अग्लो बुद्धको प्रतिमा निर्माण गर्न डीपीआर तयार

विराटनगर । कोशी प्रदेशको पर्यटकीय गन्तव्य धनकुटाको भेडेटार नजिक छोटीमोरङ डाँडामा १५० फिट अग्लो (४६.७५ मिटर) अग्लो बुद्धको प्रतिमा निर्माण हुने भएको छ । निर्माण कार्य सम्पन्न हुँदा हङकङको लान्ताउ आइल्याण्डमा रहेको विग बुद्धको प्रतिमा र शातिनमा भएको थाउजेण्ड विग बुद्धसँंगको प्रतिमासँग तुलना गर्न योग्य हुने दावी गरिएको छ ।

परियोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) तयार पारिए अनुसार कोशी राजमार्ग नजिकै छोटीमोरङको डाँडामा विग बुद्धको प्रतिमासँगै बुद्ध अध्ययन केन्द्र निर्माण लक्ष्य राखिएको हो । डीपीआरमा उल्लेख गरिए अनुसार निर्माण भएमा हङकङको विग बुद्ध भन्दा पनि अग्लो हुनेछ । धरान उपमहानगरपालिका–४ मा १३ विघा ७ कट्ठा क्षेत्रफल यसको परिसर हुनेछ । धरानदेखि करिव १४ किमी दुरीमा रहेको छोटीमोरङको डाँडामा यो प्रतिमा निर्माण हुनेछ ।

सूर्योदय बुद्ध विहारको टिमसहित हङकङ नेपाली महासंघले यसको निर्माण सार्थकता दिने योजना अगाडी सारेका हुन् । यसका लागि सरकारसम्म समेत बजेटको खर्च हुँदै आएको छ ।  स्वदेश र विदेशका दातृ निकायसँग सहयोग लिने तयारी समेत गरिएको छ । आन्तरिक र वाह्य पर्यटकलाई आकर्षित गर्दै बौद्ध धार्मिक उपासक, ध्यान प्रेमी र प्रकृति प्रेमीहरुलाई तान्ने स्थलको रुपमा यसलाई विकास गरिने छ । जसमा दैनिक पाँच हजार बढीले अवलोकन गर्नसक्ने बताइन्छ ।

थाउजेण्ड्स विग बुद्ध नाम दिएको यो प्रतिमाका परिकल्पनाकार प्रदीप थापाका अनुसार सरकारले जमिन उपलब्ध गराएपछि प्राविधिक कार्यहरु भईरहेका छन् । जसमध्ये माटो परिक्षण र संरचना निर्माण विश्लेषण गरिसकिएको छ । अब यसको निर्माणका लागि औपचारिक प्रस्तावहरु सरकार र अन्तराष्ट्रिय सहयोग निकायहरुसँग पेस हुनेछ ।

सरकारले जमिन उपलब्ध गराएपछि सूर्योदय बुद्धविहार समितिले दुई वर्षअघि ३६ फुट अग्लो बुद्धको सुनौलो प्रतिमा स्थापित गरिसकेको छ । संघीय र प्रदेश सरकारले जमिन संरक्षण र तारा घेराबारा र भौतिक पूर्वाधार तयार गर्न यसअघि ८० लाख रुपैयाँ दिएको थियो । खासमा २०७२ सालमा थाउजेण्डस् विग बुद्धको प्रतिमा तत्कालीन सभामुख ओनसरी घर्तीमगर र थाइल्याण्डका राजगुरु फारा नासोभनले शिलान्यास गरेका थिए । तर, यससँग सम्बन्धित विस्तृत प्राविधिक काम भने त्यसपछि भईरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्