त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखला : नेपालले पायो १८५ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखला : नेपालले पायो १८५ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएका नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा विकेट गुमाएर रन बनायो ।

उसका लागि माइकल लेभिटले सर्वाधिक ५४ रन बनाए । त्यस्तै, साइब्रान्ड इन्गलब्रेचले अविजित ४९ रन बनाउँदा कप्तान स्कड एडवार्ड ३३, तेजा निरामानुरु ३१ र म्याक्स ओडाउड ४ रनको योगदान दिए ।

नेपालका करण केसी र कुशल मल्लले एक–एक विकेट लिए । यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्