त्रिपालमुनि मिटरब्याजपीडित (फोटोफिचर)

<span class='c1'>त्रिपालमुनि मिटरब्याजपीडित</span> <span class='c2'>(फोटोफिचर)</span>

काठमाडौं । पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २३ दिन पैदल हिडेर काठमाडौं आएका मिटरब्याज पीडितहरू एक सातादेखि काठमाडौंमा धर्नारत छन् ।कहिले खाली खुट्टाले पैदल हिडेर मार्च गर्छन्, त कहिले संसद् भवनको दैलो ढकढक्याउँछन् ।आफूहरुले न्याय नपाएसम्म धर्ना र प्रदर्शन गरिरहने उनीहरूको अडान छ । दिनभर सडकमा प्रदर्शन गर्ने उनीहरू हिउँदको ठण्डीमा काठमाडौँमा कसरी बसिरहेका छन् ? कसैले चासो लिएको छैन । दिउँसो होस् वा राति, भृकुटीमण्डपमा एउटै त्रिपालभित्र चिसो भुँइमा पल्टिएर थकान मेटाइरहेका छन् उनीहरू।सरकारले पटक पटक समस्या समाधान गर्ने आश्वासन दिएपनि आफूहरूले न्याय पाउने अवस्था नबनेको उनीहरुको भनाइ छ । यसपटक आफूहरुलाई न्याय सुनिश्चित हुने गरी न्यायिक छानविन आयोग गठन गर्नुपर्ने उनीहरूको बटमलाइन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्