कुवेत पठाईदिने भन्दै श्रीलंका पु¥याई मानव बेचबिखन गरेको आरोपमा पक्राउ

<span class='c1'>कुवेत पठाईदिने भन्दै श्रीलंका पु¥याई</span> <span class='c2'>मानव बेचबिखन गरेको आरोपमा पक्राउ</span>

काठमाडौं । कुवेत पठाईदिने भन्दै श्रीलंका पु¥याई मानव बेचबिखन गरेको आरोपमा प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका–४ का ४७ वर्षीय मदुला मिया भन्ने मुर्तुजा मियालाई मंगलबार पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

मिया समेतको प्रतिवादीहरूले पीडितलाई कुवेतमा घरेलु काममा लगाईदिने प्रलोभन देखाई भिजिट भिषामा श्रीलंकाको कोलम्बो पु¥याई बन्धक बनाई राखेको घटनामा संलग्न रही वारदात पश्चात फरार रहेका थिए ।

पीडितलाई कुवेतमा मासिक २० देखि २२ हजार नेपाली रूपैयाँ तलबमा घरेलुकाममा लगाईदिने प्रलोभन देखाई भारतको नयाँदिल्ली पु¥याई त्यहाँबाट भिजिट भिषामा कोलम्बो पठाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पीडितलाई बन्धक अवस्थामा नेपाल प्रहरीले विभिन्न संघसंस्थाको सहयोगमा उद्धार गरेको थियो =। मिया उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्