पेनाल्टीमा चुक्दा नेपाल वाफको उपविजेतामा सिमित

<span class='c1'>पेनाल्टीमा चुक्दा नेपाल</span> <span class='c2'>वाफको उपविजेतामा सिमित</span>

काठमाडौं । पश्चिम एसियाली वाफ च्याम्पियनसिपमा नेपाल उपविजेतामा सिमित भएको छ । साउदी अरेबियामा विहीबार राति भएको फाइनलमा प्रतियोगिताकै सर्वाधिक सफल टिम जोर्डनसँग टाइब्रेकरमा नेपाल स्तब्ध भएको हो ।

पहिलो पटक यो प्रतियोगिता खेलेको नेपाल फाइनलमा सावित्रा भण्डारी विनै मैदान उत्रिएको थियो । सावित्रा सेमिफाइनलसम्म खेलेर क्लब फुटबल खेल्न फ्रान्स फर्किए पछि उनी विनै मैदान उत्रिएको नेपाली टोलीले सुरुआती अग्रता लिए पनि जोगाउन असफल भयो । अन्त्यतिर एक गोलले पछि परेको नेपालले पेनाल्टीमार्फत बराबरी गर्दै खेल टाइब्रेकरमा लगेको थियो । जसमा नेपाल जोर्डनसँग ५-३ गोल अन्तरले पराजित हुँदै पहिलो उपाधि जित्ने लक्ष्य हासिल गर्न सकेन ।

नेपालले अहिलेसम्म ११ पटक फाइनल खेल्दा एक पटक पनि उपाधि उचाल्न सकेको छैन । जोर्डनविरुद्ध विहीबार रातिको फाइनलमा नेपालले सुरुआती अग्रता लिएको थियो । २९औँ मिनेटमा सविता रानामगरले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएकी थिइन् ।
सावित्रा नहुँदा सविताले पहिलोपटक प्लेइङ सेटमा स्थान बनाएकी थिइन् । जोर्डनमाथि नेपालले दबाब बनाए पनि ७४औँ मिनेटमा लाना फेरासले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याइन् ।
८९ औं मिनेटमा जोर्डनले गोल गर्दैै २-१ को अग्रता लिएको थियो । सराह अबु सबाहले गोल गरेपछि नेपाल जोर्डनविरुद्ध पछि परेको थियो । दोस्रो हाफमा अतिरिक्त ८ मिनट थप गरेपछिको दोस्रो मिनेटमा नेपालले पेनाल्टी पायो । जोर्डनका खेलाडीले नेपालकी रेखा पौडेलाई डीबक्स भित्र लडाएपछि पाएको पेनाल्टीमा गीता रानाले गोल गरेपछि खेल दुई दुईको बराबरीमा पुग्यो । त्यसपछि बाँकी समयमा गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा जोर्डनका ५ खेलाडीले गोल गर्दा नेपालका ३ खेलाडीको मात्रै प्रहारले जाली चुम्यो ।
नेपालबाट गीता राना, दीपा शाही र हीराकुमारी भुजेलले मात्रै गोल गरे । जोर्डनका लागि आया अल मजाली, मायसा बाराह, नोउरा जोक्वास, सराह आबु सबाह र रौजवहान फ्राइजले गोल गरे ।

यसैबीच, नेपालकी सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता बनिन् । उनले सेमिफाइनलसम्मका ४ खेलमा ९ गोल गरेकी थिइन् । फाइनल गुमाए पनि उनको गोल संख्या अन्य खेलाडीले तोड्न सकेनन् । सावित्राले इराकविरुद्ध पाँच प्यालेस्टाइनविरुद्ध दुई तथा सिरिया र लेबनानविरुद्ध एक गोल गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्