काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले काठमाडौं महानगरभित्रका कवाडी व्यवसायी तथा संकलनकर्ताहरुमाथि मेयर बालेन साहले दुव्र्यवहार गरेको भन्दै विरोध जनाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महानगरमा कुनै बिकासको भान हुने गरी काम नगर्ने तर फुटपाथको व्यापारीलाई त्रसित बनाउने,कवाडीहरुलाई हटाउने जस्ता ज्यादती काममा मात्र महानगर संलग्न हुने गरेको आरोप लगाए ।
उनले महानगरमा बिकासको भान हुन चाँहि नपाउने तर कहिले फुटपाथको व्यापारीलाई त्रसित बनाउने टाउको फुटाउने कहिले कवाडीहरुलाई हटाउने । आज काठमाडौंको मान्छे संघीय सरकार पुलिस पठाएर महानगरसँग दोस्ती गरेर काम छैन । जसरी कवाडीको साथ दुव्र्यवहार गरिएको छ । कुनै मेयरले बनाएको काठमाडौं होइन संघीय राजधानी हो यहाँ एउटा गरीब पनि बस्न पाउँछ,चेपाङ पनि बस्न पाउँछ र प्रधानमन्त्री पनि यो प्रधानमन्त्री मेयर मात्र बस्न बनेको होइन। काठमाडौंको मेयरलाई भन्न चाहन्छु । मेयरबाट यस्तो हर्कत हट्नुपर्छ नत्र काठमाडौं नत संघीय सरकारको कन्ट्रोलमा हुन्छ मेयर को त कुनै औकात नै छैन ।’
शुक्रबार कवाड संकलन गरेर राख्ने ठाउँमा डोजर चलाएको र राख्न नदिएको भन्दै काठमाडौं महानगरपालिकाविरुद्ध व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।
काठमाडौं महानगरभित्रका कवाडी व्यवसायी एवम् संकलनकर्ताहरुले मेयर बालेन्द्र साहले आफुहरुविरुद्ध ज्यादती गरेको आरोप लगाएर थापाथली, त्रिपुरेश्वर हुँदै काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि पुग्नेगरी महानगरको निणर्यविरुद्ध जुलुससहित विरोध आन्दोलन गरेका हुन् ।