‘फास्ट ट्रयाक २०८३ सम्म तयार हुन्छ’

<span class='c1'>‘फास्ट ट्रयाक २०८३</span> <span class='c2'>सम्म तयार हुन्छ’</span>

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम २०८३ सालसम्म सम्पन्न हुने बताएका छन् ।

लगातार समयावधि र लगानी थप भइरहेको उक्त सडक आयोजनाको निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको अपेक्षित लक्ष्य हासिल हुन नसकेको भए तापनि २०८३ चैत मसान्तभित्र काम सकिने उनले बताए ।

राष्ट्रिय सभाको बैठकमा शुक्रबार उनले भने, ‘फास्ट ट्रयाकको काम सुरु भएपछि बीचमा कोरोनाको कारणले प्रभावित भएको थियो । त्यसले गर्दा पनि यसको काममा ढिलाइ भएको हो । अब २०८३ चैत मसान्तसम्ममा फास्ट ट्रयाक सम्पन्न गर्नेगरि नयाँ तालिका मन्त्रिपरिषद्बाट निर्णय भएर सार्वजनिक गरेको र त्यही अनुसार काम अगाडि बढेको छ ।’

यसअघि राष्ट्रिय सभामा सांसदहरुले फास्ट ट्रयाकको काम अपेक्षित गतिमा किन अगाडि बढ्न नसकेको भनी जवाफ मागेका थिए ।
सदनमा उठेका प्रश्नहरुको जवाफ छिटोभन्दा छिटो दिने व्यवस्था मिलाउने पनि उनले रक्षामन्त्रीको हैसियतले विश्वास दिलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्