अखिल नेपाल यातायात मजदुर संघ मोरङमा रवि मल्ल ठकुरी चयन

अखिल नेपाल यातायात मजदुर संघ मोरङमा रवि मल्ल ठकुरी चयन

विराटनगर । अखिल नेपाल यातायात मजदुर संघ मोरङको अध्यक्षमा रवि ठकुरी सर्वसम्मत चयन भएका छन् ।

शुक्रबार नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य तथा पूर्वमन्त्री शिवकुमार मण्डलको उपस्थितिमा कार्यसमिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा भीमसेन शाही, भगवान बस्नेत र सीता बस्नेत चयन भएका छन् । यस्तै सचिवमा संजय शाह, सह–सचिवमा चिरंजीवी रेग्मी, कोषाध्यक्षमा श्याम चौधरी चयन भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साथै नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य मण्डलले यातायात मजदुरहरूको हक हितका निम्ति यस संघले विगत लामो समयदेखि योगदान दिइरहेको उल्लेख गरे । उनले आगामी दिनमा पनि यातायात मजदुरका क्षेत्रमा यस संघले उल्लेख्य योगदान पुर्याउने विश्वास लिएका छन् ।

कार्यक्रममा अखिल नेपाल यातायात मजदुर संघका कोशी प्रदेश अध्यक्ष लीला प्रधानले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा यातायात मजदुर, यातायात व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्