धरानलाई हराउँदै एन्फा मोरङ फाइनलमा

धरानलाई हराउँदै एन्फा मोरङ फाइनलमा

विराटनगर । आयोजक धरान फुटबल क्लबलाई हराउँदै एन्फा मोरङ सुनसरीको धरानमा जारी २४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनलमा आयोजक धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै मोरङ उपाधिनजिक पुगेको हो ।

९० मिनेट अवधि सकिँदासम्म खेल गोलरहित अवस्थामा टुंगिएको थियो । त्यसपछि पेनाल्टी सुटआउटबाट छिनोफानो गरिएको हो ।

धरानका मिलन राईको पेनाल्टी प्रहार रोक्दै गोलकिपर पूर्ण चेम्जोङले आफ्नो टिम मोरङलाई विजयी बनाएका हुन् ।

धरानका विजय राई, सुगम जीमी, दोर्जे तामाङ र अनिल राईले मात्र गोल गरे । मोरङका अशोक खवास, साइमन लिम्बु, धीरेन क्षेत्री, आदित्य शाक्य र सागर तिवारीको पेनाल्टी प्रहार गोलमा परिणत भएको थियो ।

आजको खेलको म्यान अफ द म्याच घोषित हुँदै मोरङका गोलकिपर पूर्ण चेम्जोङले १० हजार रुपैयाँ पुरस्कार पाए ।

भोलि बिहीबारको अन्तिम सेमिफाइनल खेल काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र न्युरो टिम एनआरटीबीच हुनेछ ।

प्रतियोगिताको फाइनल खेल शनिवार हुनेछ । उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । उपविजेता टिमले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्