‘खेलकुदमा राजनीति नगर्नु, गर्नै मन भए चुनाव लड्नु’

<span class='c1'>‘खेलकुदमा राजनीति नगर्नु, गर्नै</span> <span class='c2'>मन भए चुनाव लड्नु’</span>

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा राजनीति नगर्न र गर्ने मन भए चुनाव लड्न आग्रह गरेका छन् ।

बुधबार राखेपले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले खेलकुदको क्षेत्रमा राजनीति नगरी खेलकै हिसाबले अगाडि बढ्न दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘यदी राजनीति गर्नु छ भने चुनाव लड्न आउनुस् तर खेलमा राजनीति नगर्नुस् । खेलकुदलाई खेलकै हिसाबले अगाडि बढ्न दिनुपर्छ । खेल क्षेत्रमा रहेका भौतिक र आर्थिक समस्या समाधान गर्न म तयार छु । त्यसका लागि साथ लिन तपाईं पनि त तयार हुनुप¥यो । ताली एक हातले मात्र बज्दैन।’
खेलकुदको विकास भएन भन्ने कथन लामो समयदेखि सुन्दै आएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले सबैले आफ्नो क्षेत्रमा जिम्मेवार र गम्भीर भएर लाग्नुपर्ने बताए ।
उनले भने, ‘खेलकुदको विकास भएन भन्ने सुन्दै आएका छौं । खेलकुद क्षेत्रमा जिम्मेवार र आसलाग्दा व्यक्ति यहाँ हुनुहुन्छ । अब पनि विकास नभए कहिले हुन्छ त ? तर त्यो हुनका लागि सबैले आफ्नो आफ्नो काम गर्न निवेदन गर्दछु । ममा जादुको छडी छैन । सबै बोझ म बोक्ने होइन ।’

आफूले मन्त्री पद सम्हालेदेखि नै परीक्षाको घडी सुरु भइसकेको उल्लेख गर्दै उनले खेल क्षेत्रको विकासका लागि भरपुर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्