देशको समग्र कृषि प्रणाली नै संक्रमित : सांसद गौतम

<span class='c1'>देशको समग्र कृषि प्रणाली नै</span> <span class='c2'>संक्रमित : सांसद गौतम</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले देशको समग्र कृषि प्रणाली नै संक्रमित त प्रदुषित भएको बताएकी छिन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले कृषिप्रधान भनेर परिचित देशमा किसानहरूको रोदन सरकारले सुन्न नसक्नु दुखद रहेको भन्दै देशको समग्र कृषि प्रणाली नै संक्रमित त प्रदुषित भएको बताएकी हुन् ।

‘कृषि प्रधान भनेर परिचित देशमा किसानहरूको रोदन सुन्नै सकेको छैन् । विऊ विजनमा त्यत्तिकै समस्या छ बल्ल बल्ल बिजारोपण गरे मलको समस्या छ । बल्ल बल्ल मल पाए सिँचाइको समस्या छ । सबैबाट पार लागेर उब्जनी भए बजारको अभाव छ,’उनले भनिन्,‘ सरकारले कृषि क्षेत्रमा काम गर्न प्रेरणा कत्ति पनि दिन सकेको छैन् । लामो समयदेखि भुक्तानी नपाउँदा किसान रुदै बस्नु परेको छ । समग्र हाम्रो कृषि प्रणाली नै संक्रमित त प्रदुषित भएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्