त्रिवि क्रिकेट मैदान स्तरोन्नतिमा खेलकुदमन्त्री श्रेष्ठको चासो

<span class='c1'>त्रिवि क्रिकेट मैदान स्तरोन्नतिमा</span> <span class='c2'>खेलकुदमन्त्री श्रेष्ठको चासो</span>

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुर क्रिकेट मैदानको फ्लड लाइट राख्ने विषयमा चासो देखाएका छन् ।

मन्त्रालयको नेतृत्वको जिम्मेवारीमा आएका श्रेष्ठलाई बिहीबार बधाई तथा शुभकामना दिन गएको नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंहको नेतृत्वको टोलीसँग उनले यस विषयमा चाँडै निर्णय हुने बताए ।

टेन्डर आह्वान भएर पनि रद्द भएको फ्लड लाइट निर्माण गर्ने विषयमा आफू सकारात्मक रहेको र क्रिकेटको विकासमा विशेष ध्यान दिने पनि मन्त्री श्रेष्ठले बताए । क्यानका पछिल्ला गतिविधिबारे चासो राख्दै उनले सरकार पनि क्रिकेटको विकासमा सधैं साझेदार हुने विश्वास दिलाएका थिए ।
उनले आफूले सानैदेखि क्रिकेट खेल पनि फलो गरेको बताउँदै अहिलेको सफलताले नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा पु¥याउन सफल भएकोमा खेलाडी र क्यान सबै धन्यवादका पात्रहरु भएको पनि बताए ।

यस्तै, क्रिकेटको पूर्वाधार निर्माणको विषयमा आफू लाग्ने प्रतिबद्धता उनले जनाए । भर्खरै मन्त्रालयको जिम्मेवारी सम्हालेकाले बुझ्न केही दिन लागे पनि सकारात्मक नतिजा निकाल्ने गरी काममा केन्द्रीत हुने पनि उनले बताए ।
यस्तै, कीर्तिपुर क्रिकेट मैदानको सम्झौता सकिने लागेको विषय आफैं निकाल्दै मन्त्री श्रेष्ठले सम्झौता नवीकरण गरेर पूर्वाधारको कामलाई पनि तीव्र गतिमा अघि बढाउने उल्लेख गरे । मूलपानी क्रिकेट मैदान र धनगढीको फाप्लाका विषयमा पनि उनले चासो देखाएका थिए ।
मन्त्री श्रेष्ठलाई उपाध्यक्ष रोशन सिंहले क्रिकेट संघका गतिविधि र पछिल्ला उपलब्धिबारे ब्रिफिङ गरेका थिए । उनले युवा जोशका साथ मन्त्रालयमा आएका श्रेष्ठलाई सफलताको कामना व्यक्त गर्दै सबैले मन्त्रीबाट आशा राखेको पनि बताए ।

मन्त्रीलाई शुभकामना दिनका लागि उपाध्यक्ष सिंहका साथै लुम्बिनी प्रदेश उपाध्यक्ष विनयराज भण्डारी, सदस्य प्रथम पराजुली र क्यानका जीएम उत्सव ढुंगाना पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्