बुढासुब्बा गोल्डकप : काँकडभिट्टालाई हराउँदै एनआरटी उपाधि नजिक

<span class='c1'>बुढासुब्बा गोल्डकप : काँकडभिट्टालाई</span> <span class='c2'>हराउँदै एनआरटी उपाधि नजिक</span>

विराटनगर । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराउँदै न्युरोड टिम (एनआरटी) सुनसरीको धरानमा जारी बुढासुब्बा गोल्डकपको उपाधि नजिक पुगेको छ ।

उपाधिका लागि शनिबार एनआरटी र एन्फा मोरङबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

धरान रंगशालामा आज भएको अन्तिम सेमिफाइनलमा काँकडभिट्टालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै एनआरटीले एन्फा मोरङसँग फाइनलमा भेट पक्का गरेको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको हो ।

एनआरटीका गोलरक्षक प्रमञ्जय गच्छदारले काँकडभिट्टाका विशाल घलानको प्रहार बचाएका थिए । काँकडभिट्टाका दिवस उराव, विमल घर्तीमगर, अभिषेक गुरुङ र देवेन्द्र तामाङको प्रहार गोलमा परिणत भएको थियो ।

यसैगरी, एनआरटीका जय गुरुङ, सरोज तामाङ, शिशिर लेखी, मोहित गुरुङ र सनम लिम्बुले गोल गरेका थिए ।

निर्धारित समयको ४४औं मिनेटमा फोडेफोफनाले गोल गरेर काँकडभिट्टालाई अग्रता दिलाएको ३ मिनेट बित्न नपाउँदै अतिरिक्त ३ मिनेट थपिएको समयमा एनआरटीका सरोज तामांगले फ्रीकिक मार्फत् गोल गरेर खेललाई बराबरी पुर्याएका थिए ।

आजको खेलको म्यान अफ दि म्याच एनआरटीका सरोज तामाङ भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।

शनिबार हुने फाइनल खेलको विजेता टोलीले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछ । यस्तै, उपविजेता टिमले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्