सहकारी पीडितले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

<span class='c1'>सहकारी पीडितले मागे प्रधानमन्त्री</span> <span class='c2'>र गृहमन्त्रीको राजीनामा</span>

काठमाडौं । आक्रोसित सहकारीका बचतकर्ताहरुले गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा मागसहित प्रदर्शनमा उत्रिएका छन् ।

सहकारी बचतकर्तासंरक्षण राष्ट्रिय महासंघले संस्थाहरुमा गरेका बचत रकम फिर्ता पाउनुपर्ने मागसहित टेकुस्थित जिल्ला प्रहरी परिषद् अगाडि मन्त्रीहरुको मागसहित प्रदर्शन गरेका हुन् ।

उनीहरुले बचतकर्ताको पैसा हिनामिना गर्ने सहकारी सञ्चालकमाथि कारबाहीको माग गर्दै नाराबाजी गरे । उक्त प्रदर्शनमा सहभागिपीडित सोभा सिग्देलले सहमतिभएको सात बुँदा अनुसार एउटा काम पनि नभएको भन्दै यस्तो अन्याय गर्न नपाउने बताइन् । उनले भनिन्, ‘हामीलाई गृह मन्त्रालयबाट गोली हान्ने आदेश आयो रे । हामीले कसको घर बिगारिदिएका छौं ।कसको सम्पत्ती लुटेका छौ । हामीलाई यो आदेश किन आयो, हाम्रो पैसा खाईदिने हामीले न्याय मागेर ६३ दिन रोडमा भोकै बस्दा केही आदेश आएन । सहमति गराइयो । सात बुँदेमा एउटा काम पनि नगर्ने, अहिले आएर यस्तो आदेश दिने ?यो कस्तो भ्रष्टाचार हो?यो अन्याय हो यस्तो गर्न पाइदैँन् ।’
यस्तै अर्का पीडित खिन्तबहादुर खड्काले नयाँ गृहमन्त्रीले आफ्नो रङ् देखाएको भन्दै अब राज्यबाट केही भएन भने सहकारीका सञ्चालकहरुलाई सडकमा ल्याएर बेइजत गर्न तयार भएको पनि बताए ।

उनले भने, ‘यदि राज्यले यी ठगहरुलाई सजाय दिदैँन् भने, भोलीबाट नै आफ्नो आफ्नो सहकारीका सञ्चालकहरुलाई सडक ल्याएर बेइजत गर्न तयार छौं । अहिलेको गृहमन्त्रीले आफ्नो रङ् देखाई सकेका छन् । उनी आफै सहकारीको दाग लाग्दालाग्दैँ गृहमन्त्रीमा आएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्