बाँदर नियन्त्रणको तालिम लिन नेपाली टोली भारततर्फ

<span class='c1'>बाँदर नियन्त्रणको तालिम लिन</span> <span class='c2'>नेपाली टोली भारततर्फ</span>

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदर नियन्त्रण तालिममा सहभागीका लागि भारत जाने टोलीलाई विदाई गरेको छ ।

शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा समितिले बाँदर नियन्त्रण तालिम लिन भारत जाने भेटनरी डाक्टर र फरेस्ट रेन्जरलाई बिदाई गरेको हो ।

बिदाई कार्यक्रममा समिति सभापति डा.आरजु राणा देउवाले,बाँदरलाई मार्नु नै उचित समाधान नरहेकाले तालिम लिएर बाँदर नियन्त्रण गर्न सकिने विश्वासले तालिममा सहभागीका लागि पठाउन लागेको जानकारी दिइन् ।

उनले भनिन्,‘बाँदरलाई यत्तिकै मार्न हुँदैन् । यो हाम्रो बाटो होइन् भन्ने छलफल भएको थियो । नियन्त्रण कसरी गर्ने भन्ने कुराहरु उठिरहँदा हामीले उपाय निकालेका हौं । तालिम लिन सक्यौ भने चाँही हामी नियन्त्रण गर्न सक्छौं । यो कुरा मन्त्रालयसामु पनि कुरा राख्यौं र मन्त्रालयले पनि प्रतिक्रिया दिएपछि आज यो ठाउँमा पुग्यौं ।’

उनले तालिम लिएर आएपश्चात त्यसलाई लागु गर्नका लागि सहयोग गरिदिन मन्त्रालयलाई आग्रह समेत गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्