नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलमा २० फिल्म

<span class='c1'>नेपाल-युरोपियन युनियन फिल्म</span> <span class='c2'>फेस्टिभलमा २० फिल्म</span>

काठमाडौं । द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपाल (नेपालका लागि युरोपियन युनियनको डेलिगेशन)को आयोजनामा काठमाडौंमा यही चैत ७ गतेदेखि चैत १० गतेसम्म १३ औं संस्करणको ‘नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभल २०२४’ हुने भएको छ ।

‘युरोपियन युनियन-नेपाल सम्बन्धको पचास वर्षः सांस्कृतिक विविधताको उत्सव’ भन्ने नाराका साथ यो वर्ष युरोपियन युनियन-नेपाल दौत्यसम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सवमा फेस्टिभल हुन लागेको हो । अभिनेत्री उपासना सिंह ठकुरी फिल्म फेस्टिभलको यस संस्करणको दूत छिन् ।
फेस्टिभलको उद्घाटन काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा हुनेछ । आयोजकका अनुसार उद्घाटनको दिन मार्टीन म्याकडोनागद्वारा निर्देशित फिल्म ‘द ब्यानशीस अफ इनीशेरीन’सँगै शान्ता नेपालीद्वारा निर्देशित फिल्म ‘डाइ ड्रिम्स’को प्रदर्शन हुनेछ ।

महोत्सवको हरेक स्क्रिनिङ एक नेपाली र अर्को युरोपियन फिल्म देखाइने छ । यो फेस्टिभलका लागि सर्ट फिल्म छनोट गर्न नेपाली युवा चलचित्र निर्देशकहरुका लागि ‘सर्ट फिल्म प्रतिस्पर्धा’ आयोजना गरिएको थियो । विजेता फिल्मका निर्देशकहरूसहित अन्य युवा निर्देशकहरु ब्रसेल्समा आयोजना हुने नेपाली फिल्मको महोत्सवमा सहभागी हुने छन् । यो फेस्टिभलका लागि १० वटा सर्ट फिल्महरु प्रतिस्पर्धामार्फत छनोट गरिएको थियो ।
नेपालका लागि युरोपियन युनियनकी उपप्रमुख डा. जोएल इभोनेटले युरोपियन युनियन र नेपालको दौत्य सम्बन्धको ५० बर्ष मनाउन युरोपको विविधतापुणर् संस्कृति, जीवनशैली र सिनेम्याटीक सृजनशीलता काठमाडौं, लुम्बिनी, कणर्ाली र सुदुरपश्चिमका नेपाली दर्शकहरूसँग आदानप्रदान गर्न पाउँदा हर्षित भएको बताइन् ।

महोत्सव अवधीभर ९ वटा युरोपियन फिल्म र ११ नेपाली सर्ट फिल्म प्रदर्शित हुनेछन् । युरोपियन फिल्महरुमा मार्टीन म्याकडोनाग निर्देशित ‘द ब्यानशीस अफ इनीशेरीन’ (आयरल्याण्ड), मेरियन ब्लिचर निर्देशित ‘मिस भिर्बोग’ (डेनमार्क), इम्यानुएल परभु निर्देशित ‘मिकादो’ (रोमानिया, चेज रिपब्लिक), पिलर पालोमेरो निर्देशित ‘स्कुल गल्र्स’ (स्पेन), एन्टोनियो लुकीच निर्देशित ‘लक्जेम्बर्ग लक्जेम्बर्ग’ (युक्रेन), इभान ओस्ट्रोचोभ्स्की निर्देशित ‘सरभेन्टस्’ (चेज रिपब्लिक, आयरल्याण्ड, रोमानीया, स्लोभाकीया), भिक्टर बोजिनोभल निर्देशित ‘द नेकेड ट्रुथ अवाउट झिगुली ब्याण्ड’ (बुल्गेरीया), जाइदा बरग्रोथ निर्देशित ‘टोभ’ (फिनल्याण्ड) र रोड्रिगो सोरोगोएन निर्देशित ‘द बीस्ट’ (स्पेन) रहेका छन रहेका छन् ।
महोत्सवमा नेपाली फिल्महरुमा शान्ता नेपाली निर्देशित ‘डाइ ड्रिम्स’, गोपाल आचार्य निर्देशित ‘डिभिनेसन् (आखत)’, समाल बज्राचार्य निर्देशित ‘हावाम्यान’, निमा गेलु शेर्पा निर्देशित ‘काठमाडौं मनसुन’, अतिन श्रेष्ठ निर्देशित ‘मखमली उडान’, रजिन महर्जन निर्देशित ‘लेट्स टक पिरियड’, मिराज रोशन ठकुरी निर्देशित ‘रातो पछ्यौरी’, आकांक्षा कार्की निर्देशित ‘सनाई’, स्वोयन मास्के मानन्धर निर्देशित ‘द बुल, द काउ, द काल्फ’, सन्तोष दाहाल निर्देशित ‘द मिराज’ र अनिल कुर्मी निर्देशित ‘रिल’ प्रदर्शन हुनेछन् ।

महोत्सव अप्रिल १० र ११ गते सुदुरपश्चिम प्रदेशमा समेत आयोजना हुने छ । सुदुरपश्चिम विश्वविद्यालयको हलमा फिल्महरु प्रदर्शित हुनेछन् । यसैगरी महोत्सवको अर्को गन्तव्य लुम्बिनी प्रदेशको नेपालगञ्ज हुनेछ जहाँ अप्रिल १५ मा फिल्महरू प्रदर्शन हुनेछन् । कर्णाली प्रदेशको सुर्खेत विरेन्द्रनगरमा १९ र २० अप्रिलमा फिल्महरु महोत्सव हुने छ ।

नेपालस्थित युरोपियन युनियनको डेलिगेशनले ‘फिल्म क्रिटिक्स् कम्पिटिसन’ (चलचित्र समालोचना प्रतियोगिता) समेत आयोजना गर्दैछ । यस प्रतियोगितामा उत्कृष्ट चलचित्र समीक्षा/समालोचनालाई ‘फिल्म क्रिटिक्स् अवार्ड’ प्रदान गरिनेछ । यो प्रतियोगीताको लागि आवेदनको सूचना छिट्टै प्रकाशित हुनेछ । यस प्रतिस्पर्धाका विजेताहरु पनि यसैबर्षको शरदमा ब्रसेल्समा आयोजना हुने नेपाली फिल्म महोत्सवमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्