नेपाली लेखक संघको कोशी प्रदेश समिति चयन

नेपाली लेखक संघको कोशी प्रदेश समिति चयन

विराटनगर । २००८ सालमा स्थापित नेपाली लेखक संघको कोशी प्रदेश समिति गठन भएको छ । आज विराटनगरमा सम्पन्न संघको पहिलो अधिवेशनले साहित्यकार गोकुल अधिकारी (मोरङ) को नेतृत्वमा प्रदेश समिति गठन गरेको हो ।

२००८ सालमा साहित्यकार बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल (गोठाले), विजय मल्ललगायत लेखक साहित्यकारहरुको अग्रसरतामा संघ स्थापना भएको थियो ।

कोशी प्रदेश समिति उपाध्यक्षमा समदर्शी काइँला (पाँचथर, लता खरेल (झापा) महासचिवमा मीनकुमार नवोदित (मोरङ), सचिवमा वासुदेव उपाध्याय पोखरेल (उदयपुर) र कोषाध्यक्षमा लक्ष्मी रायमाझी (मोरङ) चयन भएका छन् ।

संघका केन्द्रीय अध्यक्ष वरिष्ठ कवि तीर्थ श्रेष्ठको उपस्थितिमा भएको अधिवेशनले कृष्ण अधिकारी (सुनसरी), मिलनकुमार ढुंगाना (झापा), पूजा बहार (सुनसरी) मनु विश्वकर्मा (धनकुटा), डा. भेषराज खनाल (ओखलढुंगा), केजी सुब्बा (धनकुटा) र फणिराज नेपाल (संखुवासभा) लाई सदस्यमा सर्वसम्मत चयन गरिएको निर्वाचन समितिका संयोजक प्राध्यापक कविराज न्यौपानेले जानकारी दिए ।

अधिवेशनको उद्घाटन समारोहमा केन्द्रीय अध्यक्ष वरिष्ठ कवि तीर्थ श्रेष्ठ, सहअध्यक्ष रत्नमणि नेपाल, महासचिव मनोज न्यौपाने, प्रदेश अधिवेशन आयोजक समितिका संयोजक प्राज्ञ विवश पोखरेल, निर्वाचन समितिका सदस्य डा. विमला श्रेष्ठ, प्राध्यापक गंगाधर कट्टेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्