भवनका संरचना निर्माण गर्ने कार्यालयमै अपाङ्गता भएका व्यक्तिहरु पहुँचविहीन

भवनका संरचना निर्माण गर्ने कार्यालयमै अपाङ्गता भएका व्यक्तिहरु पहुँचविहीन

विराटनगर । पहुँचयुक्त भौतिक संरचना निर्माणका लागि संघीय सरकारको अनुदान सहयोगमा निर्माण हुने कार्यालयहरुको अनुगमन गर्ने संघीय आयोजना कार्यान्वय इकाईको विराटनगर कार्यालयमा मंगलबार अपाङ्गता भएका व्यक्तिहरु अलमलमा परे । पहुँचयुक्तता संरचनाको पैरवी वकालत गर्न शहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको कार्यालयमा पुग्दा अपाङ्गता भएका व्यक्तिहरुले कार्यालय परिसर प्रवेश गर्ने बाटो नपाएपछि अलमलमा परेका हुन् ।

राष्ट्रिय अपाङ्गता महासंघ कोशी प्रदेशका जनवकालत अधिकृत सन्तोषकुमार पण्डितको नेतृत्वमा कार्यालयका प्रमुखसँग नयाँ संरचनामा अपाङ्गता पहुँचयुक्ततालाई ध्यान दिनका लागि आग्रह गर्न टोलि पुगेको थियो । त्यसमा क्रममा कार्यालय परिसरको ¥याम्पमा गमला राखेका कारण विह्लचेयर लिएर पुगेका शारिरीक अपाङ्गता भएका व्यक्ति चढ्न सकेका थिएनन् । प्रयोगकर्ता परीक्षणका क्रममा विह्लचेयरमा पुगेका सेवाग्राही कार्यालय परिसरमा प्रवेश गर्ने ¥याम्पमा गमला राखिएपछि त्यस विषयमा जानकारी गराउन उजुरी पेटीका खोजिएको थियो । उजुरीपेटीकासम्म पुग्न समेत गमलाका कारण संभव नभएको अधिकृत पण्डितले जानकारी दिए ।

सरकारले पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ जारी गरेर कार्यान्वयनमा ल्याएको छ । जस अनुसार सबै किसिमका सेवाग्राहीले सार्वजानिक सेवा प्रवाहका कार्यालयमा सहज रुपमा प्रवेश पाउने संरचना निर्माण गर्नुपर्ने प्रावधान तोकिएको छ । त्यसका आधारमा बनाएका संरचनामा समेत अन्य वस्तु राखेर प्रवेश गर्ने अवसरबाट बन्चित हुनु परेको अपाङ्गता भएका व्यक्तिहरुले गुनासो गरेका छन् ।
दश प्रकारका अपाङ्गता भएका व्यक्तिहरुले नै सार्वजानिक सेवा प्रवाहका कार्यालयमा प्रवेशमा सहज पहुँच पाउनु पर्ने निर्देशिकामा उल्लेख छ । अपाङ्गता भएका व्यक्तिको लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ कार्यान्वयन गर्ने कार्यालयमै समस्या भएपछि अन्य कार्यालयको अवस्था अझै कमजोर हुने चिन्ता अधिकृत पण्डितको छ ।

राष्ट्रिय अपाङ महासंघले नयाँ बन्ने संरचना पूर्ण पहुँचयुक्त बनोस् भन्ने उद्देश्यले कोशी प्रदेशमा बारम्बार पौरवी गर्दै आएको छ । निर्देशिका अनुसारसरकारी भवन, विद्यालय, विश्वविद्यालय, अस्पताल, अदालत, स्वास्थ्य संस्था, धार्मिकस्थल, कार्यस्थल, सार्वजानिक सडक, मनोरञ्जन स्थल, खेल मैदान, सम्मेलन केन्द्र, सिनेमा हल जस्ता सार्वजानिकस्थल र सर्वसाधारणलाई खुल्ला गरिएका व्यवसायिक, अवासिय, होटल तथा रेष्टुरेण्ट, एटिएम, बैकिङ सेवा जस्ता सार्वजानिक भौतिक संरचनामा उपयुक्त ¥याम्प, ढोका, झ्याल, गाइडिङ्ग, ब्लक र ब्रेल समेतको व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्