होली विशेष : स्वास्थ्यलाई ख्याल गर्दै होली मनाउन चिकित्सकको आग्रह (भिडियोसहित )

होली विशेष : स्वास्थ्यलाई ख्याल गर्दै होली मनाउन चिकित्सकको आग्रह (भिडियोसहित )

विराटनगर । होली पर्व भन्ने वित्तिक्कै रङ्गहरुको पर्वको रुपमा लिने गरिन्छ ।

खास गरी एक अर्कामा रङ्ग दलेर नै होलीको पहिचान खुल्छ । त्यसको अलवा मिठो मसिनो खाने पिउने नै हो । खास गरी होली पर्वलाई एक उत्साहको रुपमा पनि मानिदै आएको छ । तर कहिलेकाहीँ सानो गल्ती वा लापरबाहीका कारण रङको यो पर्वका कारण मानिसले केही समस्या आईपर्न सक्छ ।

विशेषता होलीमा मानिसहरू विभिन्न प्रकारका रङहरू एकअर्काको अनुहारमा लगाएर चाडपर्व मनाउने गर्दछन् । यसपटकको होली पर्व चैत्र ११ गते पहाडी भेगमा भयो भने चैत १२ गते तराई क्षेत्रमा धुमधामका साथ होली मनाईदैछ । पहाडी क्षेत्रमा भन्दा पनि तराईमा अलिक बढी नै प्राथमिकतामा राखेर यसपर्व मनाउने प्रचलन छ ।

रङ्गहरुको पर्वमा खास गरी अनुहार तथा छाला र कपालमा रङ्गहरु दल्ने भएका कारण हामी सचेत हुनु जरुरी हुन्छ । सानो गल्तीले छालाको स्वास्थ्य र कपाललाई बिगार्न सक्छ । बेलैमा केही कुराको ख्याल राख्न सक्यो भने छाला र कपाललाई पनि सुरक्षित राख्न सकिन्छ । बजारमा अनेकौ रङहरू भेटिन्छन्। बजारमा जथाभावी किनिएका रङ्गहरु केमिकलयुक्त हुन सक्छन्, जसले छालामा प्रत्यक्ष गम्भीर असर पार्न सक्छ । रसायनयुक्त रङले छालामा एलर्जी हुने, सुख्खापन, दाग, पोल्ने, चिलाउने, रातो दाग देखिने र आउने हुने न्युरो हस्पिटलकी चर्म तथा सौन्दर्य विशेषज्ञ डाक्टर रिचा शर्माले बताउनुहुन्छ ।

यस्तो अवस्थामा होलीको रङसँगै आफ्नो छालाको स्वास्थ्यलाई जोगाउन के सकिन्छ भन्ने विषयमा आज हामीले न्युरो हस्पिटलकी चर्म तथा सौन्दर्य विशेषज्ञ डाक्टर रिचा शर्मासँग सहकर्मी प्रेम देवानले गर्नुभएको कुराकानी :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्