सहरमा आगलागी, दमकलमा छिमेकी भर : कुन स्थानीय तहसँग कति छन् दमकल ? (सम्पर्क नम्बरसहित)

सहरमा आगलागी, दमकलमा छिमेकी भर : कुन स्थानीय तहसँग कति छन् दमकल ? (सम्पर्क नम्बरसहित)

प्रेम देवान
विराटनगर । चैत–बैशाख अत्याधिक आगलागी हुने महिनामा पर्दछन् । सुख्खायाम र हावा हुरी चल्ने मौसम भएका कारण आगलागीका घटना धेरै हुने गरेका हुन् ।

कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी जनघनत्व भएका ठूला सहर छन् । आगलागीको जोखिमका हिसाबले ग्रामिण क्षेत्र जस्तै जोखिम सहरमा समेत उतिकै छ । विभिन्न कारणले हुने आगलागीबाट जनधनको क्षति हुनेको गरेको छ ।
कोशीमा ५६ स्थानीय तहसँग मात्रै छ दमकल
आजगजनीको विपद् समाधानका लागि आवश्यक पर्ने दमकल कोशी प्रदेशका ५६ स्थानीय तहसँग मात्रै छ । प्रदेशका ८१ स्थानीय तहसँग आगो नियन्त्रणका लागि न्यूनतम उपकरणको अभाव छ । दमकल भएका ५६ स्थानीय तहमध्ये सात वटाले सञ्चालन गरेका छैनन् भने ४९ ले प्रयोग गरिरहेका छन् । प्रदेशका १३७ स्थानीय तह सबैमा दमकल हिडाउने सडक नुहँदा पनि कतिपयले खरिद गर्नुपर्ने नहुन सक्छ । यदि सडक भएर पनि दमकल नभएको खण्डमा छिमेकी स्थानीय तहबाट सहयोग लिनुपर्ने अवस्था छ ।

तथ्यांक अनुसार सबैभन्दा बढी जनघनत्व भएका जिल्लामध्ये झापाका १५ पालिका मध्ये ७ वटासँग मात्रै दमकल छन् । दमक नगरपालिकामा ३ वटा, भद्रपुरमा दुईवटा, मेचीनगर, गौरादह, बिर्तामोड र कमल गाउँपालिकामा एक–एक वटा छन् ।
मोरङका ७ स्थानीय तहसँग १० वटा दमकल रहेका छन् । ती १० वटामध्ये तीन वटा विराटनगर महानगरपालिकासँग छ । सुनसरीका ६ पालिकासँग १० वटा दमकल छन् । सबैभन्दा बढी धरान उपमहानगरपालिकासँग ४ वटा दमकल रहेको र इनरुवा नगरपालिकासँग दुई वटा दमकल छन् । जसमध्ये दुवै बिग्रिएका छन्।

इलामको सूर्योदय, इलाम र देउमाई नगरपालिकासँग दमकल छन् । इलाम नगरपालिकासँग दुई वटा दमकल रहेकोमा एउटा सञ्चालनमा छैन । जिल्ला प्रहरी कार्यालय पाँचथरले दुई वटा दमकल सञ्चालन गरिरहेको छ । ताप्लेजुङको सदरमुकाममा रहेको फुङलिङ नगरपालिकासँग पनि एउटा दमकल छ ।

तेह्रथुमको लालीगुराँस, म्याङ्लुङ नगरपालिका र आठराई गाउँपालिकाले दमकलको व्यवस्थापन गरेका छन् । भोजपुर नगरपालिका वडा नम्बर ७ र भोजपुरकै हतुवागढी गापा १ मा पनि दमकल रहेका छन् । उदयपुरका चार, सोलुखुम्बुको एक र खोटाङका दुई र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकासँग दमकल रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांकमा देखिन्छ ।
आगलागीको आक्रान्त
कोशी प्रदेशमा मोरङमामात्रै चैत्त महिनामा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । चालु आर्थिक बर्षको साउनयता चैत्र महिनाका दोस्रो साता सम्म आईपुग्दा १४० वटा आगलागीका घटना भएका हुन् । जसका कारण पाँच जनाको ज्यान जानुका साथै २ दर्जन बढी मानिस घाईते भएका छन् । जिल्ला आपत कालिन कार्य संचालन केन्द्र (डिईओसी) को तत्याकं अनुसार मोरङ जिल्लामा आगलागी कारण मानवीयसँगै धनजनको ठुलो क्षति पुगेको छ । ठुला आगलागी नियन्त्रणको लागी एक मात्र विकल्प भनेको दमकल नै हो । भनेको बेलामा सबैको पहुचमा दमकलको सम्र्पक नम्बर नहुन सक्छ ।
दमकलमा छिमेकी स्थानीय तहको भर
घटना नम्बर १ :

चैत ३ गते शनिबार मोरङको रंगेली नगरपालिका ३ स्थित बाबु सहायक टोलमा पनि भिषण आगलागी भयो । स्थानीय जंगली मुर्मुको गाई ग्वालीमा अचानक विधुत सर्टभई आगलागीबाट अन्य छरछिमेकका घरमा समेत असर पर्यो । जसबाट २० घरका २४ परिवार विस्तापित हुन पुगे । आगलागीबाट झन्डै २ करोड बढीको क्षति पुगेको आकंलन गरिएको छ । यहाँ पनि रंगेलीको दमकल एक्लैले नभ्याएपछि छिमेकी नगरपालिका र गाँउपालिकाबाट सहयोग जुटेको थियो । आगलागी नियन्त्रणका लागी विराटनगर महानगरपालिकाको २, बेलबारी १, कानेपोखरी १, सुन्दरहरैचा नगरपालीकाको १, पथरी शनिश्चरेको १ दमकल परिचालन भएका थिए ।

घटना नम्बर :
चैत ४ गते आईतबार मोरङको पथरी शनिश्चरे नगरपालिका १ स्थित कर्ण कुमारी लिम्बुको चिउरा मिलमा अचानक आगलागी भयो । आगलागीका कारण झन्डै १ करोड बढीको क्षति हुन पुग्यो । आगलागीलाई पथरीमै रहेको एउटा दमकल , त्यसैगरी उर्लाबारी, कानेपाखरी, बेलबारी गरी ४ वटा दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
मोरङ जिल्लामा मात्रै चैत महिनाको दोस्रो साता सम्म झन्डै २ दर्जन बढी आगलागीका घटना भएका छन् । चैत महिना सुख्खायाम र बढी हावा हुरी चल्ने भएका कारण पनि आगलागीका घटना अन्य महिनाको तुलनामा चैत्र महिनामा बढी भएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र मोरङले जनाएको छ ।

घटना नम्बर ३ :
गएको चैत्र ४ गते आईतबार सुनसरीको बर्जु गाँउपालिका ४ स्थित जयनगर मुस्लिम टोलमा भीषण आगलागी हँदा त्यहाँको दमकलले काम दिएन । दमकल बिग्रिएका कारण आफनै पालिकामा लागेको आगो निभाउन अन्य पालिकाको साहारा सहायता लिनु परेको थियो । आगलागीको घटना हुनसक्ने समय आउँदासम्म गाउँपालिकाले दमकल मर्मतमा चासो नदिएका कारण पनि धेरै क्षति बेहोर्नु परेको थियो ।
बर्जु ४ का स्थानीय बिसुनदेव पोद्धारको घरबाट सुरु भएको आगलागीबाट १६ घर परिवारका २७ वटा घर र भान्सा जलेर नष्ट भए । त्यति कै मात्रामा ठुलो धनको क्षति भयो । अन्तत भिषण आगलागी नियन्त्रणका लागि बर्जु गाउँपालिकासँग दमकल नभएपछि छिमेकी स्थानिय तहसँग हारगुहार गर्नुपर्ने वाध्यता रह्यो । आगलागी नियन्त्रणका लागी विराटनगरको २ , कोशी गाउँपालीका १, दुहवी १, ईनरुवा १ र रामधुनीको १ दमकल घटना स्थलमा पुगे । ६ वटा दमकलले झन्डै ३ घन्टापछि आगलागी नियन्त्रणमा लिएका थिए ।

यता चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा कोशी प्रदेशका १४ जिल्ला भित्र चारसय ८८ आगलागीका घटना भईसकेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पुसदेखि चैत ८ गतेसम्म १२ जनाको मृत्यु र २४ जना घाईते भएको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्