विराटनगर महानगरमा पुग्छन् ‘चनामा ढुंगा भेटिएको–तरबुजामा रङ्ग हालेको’ उजुरी

<span class='c1'>विराटनगर महानगरमा पुग्छन् ‘चनामा ढुंगा</span> <span class='c2'>भेटिएको–तरबुजामा रङ्ग हालेको’ उजुरी</span>

इशु पन्त
विराटनगर । विराटनगरका उपभोक्ता ठगीमा पर्ने गरेको गुनासो महानगरपालिकामा विभिन्न किसिमले पुग्ने गरेका छन् । जसमध्ये खाद्यन्नसँग सम्बन्धित उजुरीमा महानगरपालिकाले तत्काल अनुगमन र कारवाही गर्ने गरेको छ । नगरवासीले मौखिक उजुरी दिनसाथ तत्काललै सम्बन्धित स्थानमा पुगेर अनुगमन गरिदैं आएको दावी गरिएको छ ।

महानगरपालिकाका खाद्य प्राविधिक धिरज राईका अनुसार तरबुजामा कृत्रिम रंग मिसाएको, रेष्टुरेन्ट सरसफाई नभएको, होटलमा खाजा खाईरहेको बेला ढुंगा परेकोसम्मका गुनासो पुग्ने गरेका हुन् । चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै विभिन्न मौखिक तथा लिखित उजुरी र नियमित अनुगमन १२ पटक भईसकेको प्राविधिक राईले जानकारी दिएका छन् । उनका अनुसार किरानामा खरिद गरिएको बेसनको म्याद गुज्रेको उजुरी चालु आर्थिक वर्षमा परेको थियो ।

गत आर्थिक वर्षमा महानगरपालिकाले १३ वटा अनुगमन गरेको थियो । महानगरपालिकाले साप्ताहिक रुपमा बजार अनुगमन गर्ने कार्यक्रम राखेको छ । खासगरी खाद्यन्नसँग सम्बन्धित क्षेत्रमा महानगरपालिकाले अनुगमनलाई केन्द्रीत गर्दै आएको छ । राईका अनुसार कसैले कुनै उजुरी गरे तत्काल अनुगमन गरिन्छ । महानगरपालिकासँगै जिल्ला प्रशासन कार्यालय र उपभोक्ता हित संरक्षण कार्यालय पनि अनुगमनमा सहभागी हुने गरेका छन् ।

बजार निरीक्षण अधिकृत तथा राजस्व महाशाखा प्रमुख सरोज गौतमका अनुसार उपभोक्ताको गुनासो नआउने गरेका कारण कपडा, इलेक्ट्रोनिक्स पसललगायतमा अनुगमन खासै हुने गरेको छैन । जनजीवनसँग प्रत्यक्ष प्रभाव पर्ने भएकाले खाद्यान्न, माछा, मासु, फलफूल, स्वास्थ्य सेवा, फार्मेसीमा अनुगमन केन्द्रीत हुने गरेको छ । महानगरको अनुगमनले पहिलो पटक सुधार गर्न निर्देशन दिने गरिएको छ । त्यसपछि सुधार नभएमा कारवाही गर्ने निकायमार्फत प्रक्रिया थालिने गरिएको छ ।

नेपालको उपभोक्ता संरक्षण ऐन, २०७५ मा स्पष्ट रूपमा उपभोक्ताका अधिकार सुरक्षित गर्ने प्रावधान राखिएको छ। ऐनको धारा १३ मा उपभोक्ता ठग्ने उद्देश्यले वस्तुको गलत मूल्यांकन, म्याद सकिएको वस्तु बेचबिखन, वा झुटो विवरण दिने कार्य दण्डनीय छ।त्यसैगरी धारा १५मा पसलले सामान वा सेवाको बिक्री गर्दा वास्तविक मूल्यको बिल प्रदान गर्नुपर्छ। गलत बिल बनाउनु अपराध मानिन्छ।सजायको उल्लेखक गर्दै धारा ३७ मा यस्तो ठगी गर्ने व्यक्तिलाई १ लाखसम्म जरिवाना र १ वर्ष कैद सजाय हुनसकने लेखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्