झी पुचः विराटनगरमा आदिवासी जनजातीको ऐतिहासिक संग्राहलय बन्दै (यस्तो नमुना )

झी पुचः विराटनगरमा आदिवासी जनजातीको ऐतिहासिक संग्राहलय बन्दै (यस्तो नमुना )

प्रेम देवान
विराटनगर । आदीवासी जनजातीहरुको भाषा , संस्कार सस्कृतिहरुको जगेर्ना गराउने उदेस्यका साथ विराटनगरको झी पुचः भवनमा ऐतिहासिक संग्रालय बन्ने भएको छ । नेपाल भाषा तथा संस्कतिकको संरक्षण, सवद्र्धन र जर्गेना गर्ने उदेस्य सहित चार दशक अगाडी संचालनमा आएको नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः ) को पहलमा आदीवासी जनजातीहरुको संग्रालय निर्माण कार्य अहिले जारी छ ।


पुर्वमा रहेका आदिवासी जनजातीहरुको सभ्यता र संस्कृतिलाई जीवन्त राख्नको लागी उक्त संग्रालय बन्न लागेको हो । प्रदेश कै एक नमुनाको रुपमा निर्माण गर्न लागिएको आदिवासी जनजाती संग्रालयले कोशी प्रदेश भरीका आदिवासी जनजातीहरुको भेषभुषा, रहनसहन, भाषा तथा संस्कृतिको जगर्ने हुने नेपाल भाषा तथा सस्कृति संघ झी पुच विराटनगरका अध्यक्ष भविषकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रदेशभरीका राई, लिम्बु, याक्खा, मगर, नेवार,भुजेल,तामाङ, सेर्पा लगायत आदिवासी जनजातीहरुको भेषभुषा, रितिरिवाज र सस्कृतिका सामाग्रीहरु जीवन्त राख्नको लागी नमुनाको रुपमा संग्रहलय बनाउन लागिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । संग्राहलयमा ६० प्रतिशत नेवार जातीको पहिचान झल्कने सामाग्री र ४० प्रतिशत अन्य समुदायको ऐतिहासिक सामाग्री राखिने जनाइएको छ ।


ऐतिहासिक संग्राहलय निर्माणको लागी तीनवटै सरकारले आर्थिक रुपमा सहयोग समेत गरेको छ । यसको लागी संघिय सरकारलेबाट २५ लाख, प्रदेश सरकारले ५० लाख र स्थानिय तहले १५ लाख खर्च गरी झन्डै ९० लाखको खर्चमा संग्राहलय बनाउन लागिदैछ ।
अहिलेका पुस्ताले आफ्नो सस्कार, सस्कृति भुल्दै गएका कारण पनि जातिय भेषभेषा तथा धर्मसस्कृतिको पहिचानलाई जोगाईराख्न तथा जीवन्त राख्नको लागी आवश्यक ठानेर संग्रालय निर्माणमा ध्यान दिएको झी पुच विराटनगरले जनाएको छ । यस अघि झी पुच विराटनगरले बङ्गलामुखी मन्दिरलाई कलात्मक तरिकाले नेपाली शैलीमा सौन्दर्यीकरण गरिसकेको छ । झी पुच विराटनगरलाई पुर्व कै धार्मिक सास्कृतिक पर्यटकिय स्थलको रुपमा विकास गराउने लक्ष्य समेत राखेको झी पुचः का अध्यक्ष भविषकुमार श्रेष्ठको भनाई छ । यसका साथै झी पुच विराटनगरले विगत केही बर्षदेखी मुलुकभित्र तथा बाहिरका भाषा र सस्कृतिको संरक्षण, संबद्र्धन गर्दै सामुहिक बेलविवाह, बर्तबन्धन , गाईजात्रा जस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।


नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसास्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता रहेको हाम्रो मुलुकमा झी पुच विराटनगरले आदिवासी जनजातीहरुको भेषभुषा तथा सस्कार सस्कृतिको जर्गेना गर्नको संग्राहलय बनाएर जुन उदाहणिय कार्य गरेको छ त्यसप्रति झी पुच विराटनगरलाई विशेष धन्यवाद आभार प्रटक गर्न चाहान्छौँ । जसले गर्दा विराटनगरको मात्र नभई कोशी प्रदेश मै पर्यटकिय स्थलको रुपमा टेवा मिल्नेदेखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्