इलाममा प्रमुख दलको चुनौती बन्दै ‘मुढा’

इलाममा प्रमुख दलको चुनौती बन्दै ‘मुढा’

सुजता लिम्बू
विराटनगर । विकास र समृद्धिको नारा लिएर विजयी भएका आश लाग्दा जनप्रतिनिधिले अपेक्षा अनुसारको काम नगरेको गुनासोको चाङहरु थेगिनसक्नु छ । मुख्य पेसा कृषि रहेको इलाम– २ का जनताको जीवनस्तर उकास्न कुनै पनि नेताहरु सफल नभएको जनगुनासो पनि यदाकदा सुनिन्छ ।

स्थानीय कृषकले उत्पादन गरेको दुधले भाउ नपाउदा कृषकहरु पुर्पुरोमा हात लगाएर बस्नु विकल्प बाहेक केही नभएको कथा सुनाउँछन् । आफ्नै बगानमा उत्पादन चियाले विश्वबजारमा भाउ नपाउँदा चिया किसानहरु मर्कामा परेको बताउँछन् । इलामेली जनताको यस्ता समस्याका गाथा थुप्रै छन् ।

यद्यपि यतिबेला इलाम–२ चुनावी चहलपहलले झपप्कै छोपेको छ । घरदैलो कार्यक्रम र आमसभामा व्यस्त भेटिन्छन् उम्मेदवारसहित नेता र कार्यकर्ता हरु । पुरानो देखि नयाँ अनुहारका उम्मेदवार घरदैलोमा पुग्दा जनताको थेगिनसक्नुको आर्कोश नखेपेको सायदै होलान् । हिँउदमा धुलोले पुर्ने, बर्खामा हिलोले अस्तव्यस्त हुने सडक निर्माणको ठूलो सपना देखाउदै आमसभामा भाषण छाँट्ने उम्मेदवारहरुको कमी छैन ।

यस्तै थुप्रिएका समस्याका चाङहरुलाई समाधानको बाटो खोज्न अब ईलाम–२ का जनताहरुले नेतृत्वको स्वाद चाख्न नयाँ दललाई रोजेर पुरानो दललाई पाखा लगाउलान या पुरानै दललाई विजयी बनाउलान् भन्ने बहसको विषय बनेको छ ।

पछिल्लो समय प्रदेशको नामको विषयलाई लिएर पनि अन्तुष्टि रहेको जिल्लाहरु मध्ये इलामको माङसेबुङ पनि हो । तत्कालिन प्रदेश १ ले कोशी नाम पाएसँगै सडक आन्दोलनको समर्थनमा आधा भाग ईलामको लारुम्बाले ओगटेको थियो भन्ने भनाई पनि छ । पहिचानको आधारमा पुनः नामकरण संघर्ष समितिले विराटनगर केन्द्रिकृत थालिएको सडक आन्दोलनमा एकातिर प्रहरी र आन्दोलनकारीको झडप हुँदा अर्को तर्फ शान्तिको जप गरिरहेको दृश्य पनि देख्न सकिन्थ्यो । माला जप्दै शान्ति चाहाने उही लारुम्बाबाट नै आन्दोलनलाई समर्थन जनाउदै आएका थिए ।

भावनासँग जोडिएको विषय भएकालले पनि यो पटकको निर्वाचनमा इलाम–२ पहिचान पक्षधर अर्थात स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम मुख्य प्रतिस्पर्धी दलका उम्मेदवार नेपाली काँग्रेसका डम्बरबहादुर खड्का र नेकपा एमालेका सुहाङ नेम्वाङका लागि चुनौती बन्न सक्ने आंकलन एकाथरीको छ । तर, यो आंकलनसँगै अर्कोथरीले पहिचान हेरेर भोट दिईरहनु नपर्ने पक्षपोषण समेत गरिरहेको सुनिन्छ ।

अघिल्लो निर्वाचनमा स्व. सुवासचन्द्र नेम्वाङसँग झिनो मतले पराजित भएका खड्का यो उपनिर्वाचनमा उनै सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङसँग प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् । एमाले विरासत जोगाउने दौडमा हुँदा काँग्रेस अघिल्लो निर्वाचनमा नेम्वाङसँग बेहोरेको हारको बदला लिने दाउमा छन् । यद्यपी काँग्रेसका उमेदवार खड्काले गत निर्वाचनपछि आफ्नै पार्टी भित्र मच्चाएको भाँडभैलोले उनी सहज अवस्थामा देखिदैनन् ।

यता, पहिचानको आन्दोलनलाई विर्सिएर रास्वपबाट चुनावी मैदानमा उत्रिएका पूर्व पत्रकार मिलन लिम्बूलाई आफ्नै दाजुभाईले मत देला या नदेला भन्ने चिन्ताको विषय बनेको छ । रास्वपा इलामको सदरमुकाम बजार क्षेत्रमा भने राम्रो मत भएकाले त्यस क्षेत्रबाट केही मत तान्न सक्ने पनि भनाई छ । तर, पहिचान पक्षधरताको नारामा अब्बल देखिएका मिलन नेपाली राजनीतिमा कान्छो पार्टीको उमेदवार बन्दा उनको हिजोको भावना र अहिलेको वास्तविकता मेल नखाएको भन्दै प्रश्न गर्नेहरु उनको साथमा रहने बढ्दै गएका छन् ।

आमसभामा शिर्ष नेतादेखि कलाकारसम्म
यतिबेला आफ्नो उम्मेद्धवार जिताउन शिर्ष नेता, राजनीतिक विश्लेषक देखि कलाकारसम्म इलाम–२ मा केन्द्रिकृत भएका छन् ।
नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई विजयी बनाउन एमाले अध्यक्ष एवम् केपी शर्मा ओली समेत इलाम पुगेका छन् । एकिकृत समाजवादीका उम्मेदवारलाई साथ दिन कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राई, पूर्वमन्त्री खिनु लिम्बू, विद्यार्थी नेता ओसिम आलम समेत उपनिर्वाचनको चटारोमा इलामको घरदैलो कार्यक्रममा व्यस्त छन् । नेपाली काँग्रेसका डम्बर खड्कालाई साथ दिन गगन थापा, विश्वप्रकाश शर्मा, , उद्धव थापा, लगायतका नेताहरुको उपस्थिति रहेको छ । रास्वपका उम्मेदवार मिलन लिम्बूलाई समर्थन जनाउन गृहमन्त्री रवि लामिछाने स्वयम पुगेर घरदैलो कार्यक्रममा पुगकै छन् ।
यता, पहिचनपक्षधरका उम्मेदवार डकेन्द्रसिंह थेगिमको चुनावी आमसभा र घरदैलोमा कलाकार देखि विश्लेषकहरुसम्मको उपस्थिति रहेको छ ।
त्यसो त थेगिमलाई आफ्नै छोरी सुनिता थेगिमले गीत गाएरै बुवाका पक्षमा मत तान्न लागि परेकी छिन् । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ, डा. महेन्द्र लावती, गोविन्द छन्त्याल, खगेन्द्र माखिम, किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापो समेतको उपस्थितिमा आमसभा र घरदैलो कार्यक्रम भइरहेको छ ।
यता, इलामको उपनिर्वाचनको सन्दर्भमा कवि स्वप्निल स्मृति भोट माग्ने शैलीले पनि कुन उम्मेदवारले जित्ने सम्भावना कति हुन्छ भनेर प्रष्ट हुने धारणा राख्छन् । रास्वपको हड्याङ, मड्याङ शैलीले मत माग्ने , पहिचनपक्षधरको आमसभा धेरै भएको र भाषणमा मात्रै धेरै भएको बताउछन् । यता, एमाललेको शालिनशैलीमा खोजिखोजि जनता भेट्ने कार्यमा व्यस्त छन् । काँग्रेसले मौन भएर चालचुलनै बिना आमसभामा भन्दा घरदैलोलाई प्राथमिकता राखेको हुनसक्ने धारणा राख्दै उनले जसले बढी घरदैलो गर्छन् उसले पनि निर्वाचन जित्न सक्ने बताउछन् ।
पहिचानपक्षधरको माहोल विथोल्न रणनीतिमा ठूला दलहरु
एमालेबाट विद्रोह गरेर पहिचन पक्षधरलाई साथ दिँदै आएका सन्तराम लिम्बू दस्तावेजमा भएका विषयलाई नै एमालेले बेवास्ता गरेको बताउछन् ।
उनी लामो समय एमाले जिल्ला कमिटी सदस्य र अखिलको जिल्ला अध्यक्ष भएर कार्यभार सम्हालेका थिए । पहिचानको पक्षमा नामकरण हुन नसककेपछि एमाले छोडेर पुनः नामकरण संघर्ष समितिलाई साथ दिँदै आएको बताउछन् । लामो समय एमालेमा योगदान गरेका कार्यकर्ताहरु धेरै असन्तुष्टि भएका कारण पनि त्यस क्षेत्रमा एमालेको मत काटिने उनको बुझाई छ । मुडा छाप अर्थात स्वतन्त्र उम्मेदवारको चुनावी माहोल बलियो भएकाले ठूलो दलहरु एकमत हुन सक्ने समेत तर्क राख्नछन् ।
एमालेबाट असन्तुष्टि रहेको आर्य समुदायका मतदाताले मुडालाई भन्दा पनि काँग्रेसलाई मत खासाल्ने इलामका संचारकर्मी बताउछन् । एमालेबाट असुन्तुष्टि आदीवसी समुदायले भने मुडालाई मत खासाल्ने अनुमान उनीहरुको छ । सबैका अनुमान जे जहाँ भएपनि एमालेको मत हतपत बिग्रदैन भन्ने मान्यतामा एमाले अहिले पनि अडिग देखिएको छ ।
गुरुको आर्शिवाद चर्चा
निर्वाचन नजिकिदै जाँदा किराँत धर्म गुरु आत्मनन्द लिङ्देनको आर्शिवाद कुन उम्मेदवारलाई भन्ने चर्चा चुलिदै गर्दा गुरुले डकेन्द्रसिंह थेगिमको ¥यालीमा हिँड्नेलाई आर्शिवाद दिएका छन् । ¥याली सुरु भएदेखि नै आर्शिवाद दिएकाले पनि गुरुको आर्शिवाद थेगिमले पाउनेमा ढुक्क छन् । किराँतको पवित्रस्थल माङसेबुङबाट जसले आर्शिवाद लियो , उसले जित्ने गरेको विश्वास छ । विगतका निर्वाचनमा पनि गुरुको आर्शिवादसहित शिर्ष नेताहरु निर्वाचन मैदानमा उत्रिने तयारीमा रहन्थे । यसअघि सुवासचन्द्र नेम्वाङले पनि गुरुको आर्शिवाद लिएर चुनावी प्रतिस्पर्धामा उत्रिदा हार बेहोरेको कुनै रेकर्ड थिएन । कुनैपनि चुनावी ¥यालीमा खुलेर बाहिर ननिस्किने धर्म गुरु यो पटक थेगिमको चुनावी ¥यालीमा निस्किएकालाई आर्शिवाद दिएको हल्ला चलाइएको छ । गुरु र पहिचान पक्षधरका उम्मेदवार थेगिमको निकटताको कारण पनि यो क्षेत्रको मत सहजै थेगिमलाई खस्ने दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्