विराटनगरमा अत्याधिक गर्मी : दिनभरी चल्छ तातो हावा,छैन कतै छहारी

विराटनगरमा अत्याधिक गर्मी  : दिनभरी चल्छ तातो हावा,छैन कतै छहारी

रिपोर्टसको डायरीबाट
प्रेम देवान
विराटनगर । विराटनगरमा बिहानैदेखी चर्को घाम । दिनभर तातो घामको साथमा तातो हावा । यसो शितल छहारीमा बस्नु खोज्यो छैन कतै छहारी । के यही हो विराटनगरको विशेषता । बिहान जेनतेन दिउँसो अत्याधिक गर्मी भएपछि बाहिर निस्कन सकिदैन । बजारमा आम सर्वसाधरणको चहलपहल घटेको छ ।पछिल्ला दिनमा अधिकत तापक्रम ३८ देखी ४२ डिग्री सेल्सियस पुगेको छ ।

तातो घाम र तातो हावाको कारण यहाँको जनजीवन कष्टकर बन्दै जान थालेको छ । टन्टलापुर घामसँगै तातो हावा चल्ने गरेको छ । गर्मीका कारण दिउँसो विराटनगरको मुख्य बजार सुनसान हुन थालेको छ । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या समेत घट्न थालेको छ । दिउँसोको समयमा दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिहरु समस्यामा परेका छन् ।विराटनगरमा दैनिकी जसो रिक्शा , ठेला लगायत ज्यालादारीमा काम गर्ने मजदुरहरु ठूलो चपेटामा परेका छन् । दिनभरी तातो घाम र तातो हावाको तनाव त छदै नै छ अनि बेलुकी भएपछि मच्छडको शिकार उतिकै ।
विराटनगरको यो उखरमौलो गर्मीमा कतै शितलताको लागी छहारी खोज्नुपर्यो भने विरलै भेटिन्छ । भेटिहाले पनि विराटनगर महानगरपालिका वडा नम्बर १० स्थित संसारी माई स्थानमा रुखको छहारी छ । अधिकांस मानिसहरु दिउँसोको समयमा उक्त छहारीमा शिलतको आनन्द लिन पुग्ने गरेको भेटिन्छ । अहिले बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई अझ बढी समस्या भएको चिकित्सकहरुको भनाइ छ ।
कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. चन्द्र भाल झाका अनुसार विगत केहीदिन यता अस्पतालमा स्वास्थ्य परीक्षण गराउन आउने बिरामीको सख्या बढेको छ । यस अघि एक हजारदेखी १२ सय सम्म आउने गरेकोमा अहिले १५ सयको हाराहारीमा ओपिडीको सेवा लिन आउने गरेको मेसु झाले जानकारी दिएका छन् ।
‘गर्मीका कारण माहामारी नै चाही भएको छैन, तर पनि अस्पतालमा झाडापखाला, ज्वारो, टाईडफाईड , घाउ, खटिरा, लगायत रोगका बिरामीको चाप भने बढेका छ’ मेसु झाले भने ।
अत्याधिक गर्मी बढेसँगै ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लागेर वेहोस हुने जस्ता जोखिम बढ्ने भएका कारण बढी मात्रामा पेयपदार्थ – शुद्ध पिउने पानी , नरिवलको पानी पिउन डा. झाको सुझाव छ । अहिले तातो हावाका कारण टाउको दुख्ने, शरीर शिथिल हुने, घाँटी दुख्ने, आँखा पोल्नेजस्ता स्वास्थ्य समस्या समेत बढ्दै गएको विराटनगरका अस्पतालहरुको तथ्यांक छ । अन्तमा के पनि भन्न चाहान्छौँ भने गर्मीको समयमा बाहिरका खुला रुपमा बेच्न राखिएका खानेकुरा त पटक्कै नखाउनुहोस । सक्नुहुन्छ भने बरु चिसो, झोेलिलो, पेय पदार्थ लगायत शुद्ध पानी पिउने बानी बसाल्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्