खेलौं होली मन खोली

<span class='c1'>खेलौं होली</span> <span class='c2'>मन खोली</span>

फागुपूर्णिमा अर्थात होली पर्व नेपालमा निकै हर्षोल्लासका साथ मनाउने गरिएको छ । नेपालमा यो पर्व धुमधामसँग अरू ठुला चाडहरू जस्तै रमाइलो गरी मनाइन्छ। देशका विभिन्न भागमा ठाउँ अनुसारको रित पूरा गर्ने प्रचलन रहेको छ ।

काठमाण्डौंको वसन्तपुर दरवार अगाडि होलीको अघिल्लो दिन ‘होलिका दहन’ गर्ने चलन पनि छ । यसैगरी चीर ठड्याउने प्रचलन समेत रहेको छ । पौराणीक मान्यता अनुसार हिरण्यकश्यपुकी बहिनी होलिकाले बिष्णुका परम् भक्त हिरण्यकश्यपुका छोरा (प्रह्लाद) लाई मार्न अग्निमा आसन गर्दा होलिका आँफै जलेर नष्ट भएको र असत्य माथि सत्यको जित भएको दिनको रुपमा सम्झना गरिन्छ । होली त्यहिबाट सुरु भएको भनाई छ ।

हिन्दू धर्म मान्नेहरूको बाहुल्यता भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भब्य हुन्छ । तर, होलीलाई कुनै जाती र धर्म विशेष भन्दा पनि ठाउँ अनुसार र अवस्था अनुसार सबैले रङ्ग साटासाट गर्ने गरेका छन् । नेपालमा पहाडी क्षेत्रमा फागुपुर्णिमाको दिन होली मनाइन्छ । तराईमा होली त्यस भोलिपल्ट मनाइन्छ । नेपालको विशेष सहरहरु काठमाडौँ, पोखरा, धरान, भरतपुर, बिराटनगर, धनगढी लगायत ठाउँमा होलीको रौनक अझै फरक हुन्छ । विशेष सांस्कृतिक कार्यक्रमहरू र त्यसमाथि रङहरूको वर्षाले सहरको होली अझै रमाइलो हुने गरेको छ ।

विराटनगरमा होलीको पृथकशैली पनि छ । यहाँ मारवाडी समुदायले यसलाई एक हप्ता अगाडीदेखि नै विभिन्न कार्यक्रम गरेर होली भित्र्याउने गरेका छन् । तराईमधेशका समुदायले पनि विभिन्न रित पूरा गर्दै होलीलाई भव्यपूर्वक मनाउने गरेका छन् । होलीमा पानी छ्याप्ने, अबिर, केशरी लगायत रङ लगाउने चलन छ ।

तर, यस भित्रका वर्तमान समयमा होलीले विभिन्न खालका विकृति, विसङ्गतिहरू पनि छन् । यसमा इच्छा बिपरित रङ्ग दलिदिने, रसायनयुक्त वस्तु दल्ने जस्तै मोविल, हिलो तथा विभिन्न किसिमका केमिकलको प्रयोग गर्ने गरिएको छ । होलीमा रङ्गहरुको महत्व जति हुन्छ, एकअर्काको भावना जोड्न पनि उतिकै महत्व रहेको हुन्छ । होलीमा रङ्ग दल्नु मात्रैले पर्वको महत्व स्वीकार गर्दैन । रङ्गहरुबीचको संयोजनबाट बन्ने नयाँ रङ्ग र त्यसले दिने नयाँपनको महत्व पनि हुन्छ । जति भावनाहरु नजिक हुन्छन्, त्यति नै मानव जीवनमा पनि नयाँ बाटोको सिर्जना हुन्छ । त्यसले होलीलाई विकृत बनाउनबाट सबै सचेत हुन जरुरी छ । सबैले मन खोलेर होली खेलौं । शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्