विराटनगरमा पशु स्वास्थ्य तथा पशुसेवा व्यवसायीहरुको प्रदेश स्तरीय अभिमुखीकरण

विराटनगरमा पशु स्वास्थ्य तथा पशुसेवा व्यवसायीहरुको प्रदेश स्तरीय अभिमुखीकरण

विराटनगर । गुणस्तरीय पशु एंव पशुजन्य पदार्थको उत्तपादन र बिक्री वितरणलाई थप प्रभावकारी बनाउन ऐनले निर्दिष्ट गरेका कुरा कार्यान्वयनमा आउनुपर्नेमा सहभागिहरुले जोड दिएका छन् ।
पशु स्वास्थ्य तथा पशुसेवा व्यवसायी परिषद ऐन– सम्बन्धि विराटनगरमा शुक्रबार आयोजित दर्ता हुनेवाला पशु स्वास्थ्य तथा पशुसेवा व्यवसायीहरुको कोशी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले पशु तथा पशुजन्य पदार्थको उत्पादनमा पशु प्राविधिकहरुको भुमिका महत्वपुर्ण रहने भएकाले प्राविधिकहरुको समस्यालाई ऐनमा संवोधन हुनुपर्ने उल्लेख गरे ।
सो कार्यक्रमको उद्धघाटन गर्नु हुँदै कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले पशुपालन क्षेत्रलाई थप वढवा दिन नेपाल सरकारले ल्याएको पशुसेवा व्यवसायी परिषद सम्बन्धि ऐन कर्मचारीको हितमा हुनुपर्ने बताउनुभयो । उहाँले आवश्यकता अनुसार यसलाई व्यवस्थित र संशोधन गर्दै सहि रुपमा ऐन कार्यान्वयन हुनुपर्ने बताउनुभयो । विकास र सम्वृद्धिको आधार कृषि भएकाले कृषिको विकासमा कोशी प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । कोशी प्रदेशमा कृषि जडीबुटी,पर्यटन, तथा जलविद्युत उत्पादनको प्रचुर संभावना रहेकाले यसको उपयोग हुने गरि प्रदेश सरकारले विभिन्न योजना तथा कार्यक्रम ल्याएर काम गरिरहेको उहाको भनाई थियो ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहालले पाँच महिना अघि प्रतिनिधिसभा सदस्यले पारित गरेर बनेको ऐनलाई उत्कृष्ठ र प्रभावकारी कार्यान्वयन गराउने तर्फ सबै लाग्नुपर्ने बताउनुभयो।
परिषदका अध्यक्ष देवेन्द्र यादवले पशुपालन तथा पशुजन्य पदार्थको उत्पादनमा किसानलाई प्रभावकारी सेवा प्रदान गर्न आएको ऐन कार्यान्वयनमा कृषि तथा पशुसेवामा कार्यरत प्रविधिको भुमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।
परिषदका उपाध्यक्ष जनकबहादुर रावलले परिषदले प्रदानगर्ने सेवालाई राज्यले ऐन बनाएर कानुनी मान्यता दिइ सकेकाले अब पशु स्वास्थ्य तथा पशुसेवा व्यवसाय संचालनका लागि अनिवार्य परिषदमा नाम दर्ता गराउनुपर्ने बताउनुभयो ।
परिषदका रजिष्ट्रार पुर्ण बहादुर बुढाले पशु स्वास्थ्य तथा पशुसेवा व्यवसायी परिषद ऐनमा रहेको प्रावधान सम्बन्धि विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमा ऐन कार्यान्वयनका विषयमा सहभागिहरु बीच छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो । पशु स्वास्थ्य तथा पशुसेवा व्यवसायीहरुको सेवा र व्यवसायीलाई व्यवस्थित गुणस्तरिय एंव मर्यादित ढंगले संचालन गर्दै पशुसेवा व्यवसायको विकास गर्न ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता र पशु स्वास्थ्य तथा पशुसेवा व्यवसायीहरुको दर्ता र नियमंन गर्ने उदेश्यले परिषद स्थापना भएको हो । परिषद समितिमा अध्यक्ष , उपाध्यक्ष र रजिष्ट्रार सहित जम्मा १९ जना सदस्य रहने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्