विराटनगरमा बन्दैछन् पहुँचयुक्त संरचना, कुन–कुन कार्यालय अपाङ्गता भएका व्यक्तिलाई छ सहज

<span class='c1'>विराटनगरमा बन्दैछन् पहुँचयुक्त संरचना, कुन–कुन कार्यालय</span> <span class='c2'>अपाङ्गता भएका व्यक्तिलाई छ सहज</span>

विराटनगर । पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ अनुसार कोशी प्रदेशको राजधानी विराटनरमा १४ सार्वजानिकस्थलहरु अपाङ्गतामैत्रीस्तर निर्माण भएका छन् । निर्देशिका कार्यन्वयनमा सरकारी चासो बढ्दै जाँदा नयाँ बन्ने संरचना अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त बन्न थालेका हुन् ।

सरकारी भवन, विद्यालय, विश्वविद्यालय, अस्पताल, अदालत, स्वास्थ्य संस्था, धार्मिकस्थल, कार्यस्थल, सार्वजानिक सडक, मनोरञ्जन स्थल, खेल मैदान, सम्मेलन केन्द्र, सिनेमा हल जस्ता सार्वजानिकस्थल र सर्वसाधारणलाई खुल्ला गरिएका व्यवसायिक, अवासिय, होटल तथा रेष्टुरेण्ट, एटिएम, बैकिङ सेवा जस्ता सार्वजानिक भौतिक संरचनामा उपयुक्त ¥याम्प, ढोका, झ्याल, गाइडिङ्ग, ब्लक र ब्रेल समेतको व्यवस्था गर्ने निर्देशिकामा उल्लेख छ ।

राष्ट्रिय अपाङ महासंघ कोशी प्रदेशका अध्यक्ष नविन ढुंगेलले बारम्बारको पैरवीले पछिल्लो समय सरकारी संरचनाको ढाँचा तयार पार्दा पहुँचयुक्ततालाई ध्यान दिन थालिएको बताएका छन् । अपाङ्गता भएका व्यक्तिको लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ कार्यान्वयनको अवस्था पुरानो संरचनामा कमजोर रहेपनि नयाँ संरचनामा लागु हुने गरेको उनको भनाई छ ।

विराटनगर महानगरपालिका अन्तर्गत पहुँचयुक्त भौतिक संरचना निर्माण भएका कार्यालय र संरचनामा प्रदेश सरकार अन्तर्गतको सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय पहिलो नम्बरमा पर्दछ । जुन कार्यालय पुरानो संरचनामा बसेपनि स्तरन्नती गरेर यसलाई पहुँचयुक्त संरचनामा बदलिएको हो । यस कार्यालयलाई टेक्सटायलयुक्त परिसर, पहुँचयुक्त पार्किङस्थल, शौचालय, ¥याम्प, बेसिन निर्माण गरिएको छ । यसैगरी मुख्यमन्त्री कार्यालय पहुँचयुक्त परिसर निर्माण गरिएको छ । यद्यपी मुख्यमन्त्री कार्यालयको माथिल्लो तलासम्म पुग्न भने अझैसम्म संभव छैन ।

यसैगरी निजी क्षेत्रमा कन्चनजंगा पार्टी प्यालेस समेत पहुँचयुक्त संरचनाको रुपमा निर्माण भएको छ । यसमा पहुँचयुक्त प्रवेशद्वार, हल, हलको स्टेच र ड्याससम्म पुग्न ¥याम्प, शौचालय, बेसिन रहेको छ । पछिल्लो समय विराटनगर महानगरपालिकाको कार्यालय परिसर समेत पहुँचयुक्त बनाइएको छ । परिसरसँगै सहायता कक्ष, शौचालय, ¥याम्प, बेसिनलाई अपाङ्गतामैत्री संरचनामा निर्माण गरिएको हो ।
महानगरपालिकासँगै नयाँ बनेका वडा कार्यालयहरुलाई समेत पहुँचयुक्त संरचनाको रुपमा निर्माण गरिएको छ । राष्ट्रिय अपाङ महासंघ कोशीको तथ्यांक अनुसार विराटनगर–१९, विराटनगर–३, विराटनगर–११, विराटनगर–१२, विराटनगर–१८ का वडा कार्यालयहरु पहुँचयुक्त संरचनाको रुपमा विकास गरिएको छ ।

विराटनगरमा राजनीतिक दलका कार्यालयमध्ये नेपाल कम्यूनिष्ट पार्टी एमालेको पार्टी कार्यालय पाञ्चाली पहुँचयुक्त संरचनाको रुपमा स्नरोन्ती गरिएको छ । पार्टी कार्यालयलको पहुँचयुक्त परिसर, कार्यालय भवन भित्र प्रवेश गर्न ¥याम्प लगायतले अहिले सहज भएको उल्लेख छ ।
विराटनगरमा सार्वजानिक भवनको रुपमा बनेको विरेन्द्र सभागृहको संरचना पूर्ण पहुँचयुक्त बनेको छ । २२ करोड लागतमा प्रवलीकरण गरिएको सभागृहमा प्रवेशद्वार, परिसर, कार्यक्रम हलसम्म पुग्ने ¥याम्प, शौचालय, भवनको भित्री परिसर रहेको उल्लेख छ । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा शौचालय पुग्ने बाटो र शौचालय, बेसिन समेत पहुँचयुक्त रुपमा बनाइएको छ ।

विराटनगरका विद्यालयमध्ये विराटनगरको आदर्श माध्यमिक विद्यालय परिसरलाई पहुँचयुक्त बनाइएको छ । विद्यालय भवनको भुँईतलाको बरण्डा, दक्षिण र उत्तरतर्फ दुईवटा शौचालय पुहँचयोग्य रहेको बताइएको छ । विराटनगरमा व्यापारिक मलमध्ये भाटभटेनी सुपर मार्केटमा पहुँचयुक्त ¥याम्प, लिफ्ट, सेन्टर मलको पूर्वतर्फको प्रवेशद्वार, भुँईतलाको परिसर समेत पहुँचयुक्त रहेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्