इलाम–२ उपनिर्वाचन : एमालेका सुहाङले जितेपछि अझै पहिचानको बहस

<span class='c1'>इलाम–२ उपनिर्वाचन : एमालेका सुहाङले</span> <span class='c2'>जितेपछि अझै पहिचानको बहस</span>

सुजता लिम्बू
विराटनगर  । इलाम निर्वाचन क्षेत्रनम्बर २ को उपनिर्वाचन भर्खरै सम्पन्न भएको छ । तर, पनि निर्वाचनको ‘ह्याङ ओभार’ भने अझै बाँकी छ । किनभने इलाम–२ मा संविधानसभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र मात्रै नभएर पछिल्लो समय पहिचानको आन्दोलनसँग ‘कनेक्सन’ भएकाले त्यस क्षेत्र सबैको चासो र बहसको विषय बनेको थियो ।

२०८० भदौ २६ गते सुवास नेम्वाङको निधान भएसँगै रिक्त रहेको इलाम–२ मा बैशाख १५ को उपनिर्वाचनमा उनकै कान्छा छोरा सुहाङ नेम्वाङ भारी मतका साथ विजयी भएका हुन् । नेपाली काँग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतको अन्तरले पराजित गर्दै सुहाङले संसदीय यात्रा तय गरेका छन् । खड्का अघिल्लो निर्वाचनमा सुवास नेम्वाङसँग झिनो मतले पराजित भएका थिए ।

नेकपा एमालेले सुहाङलाई उम्मेदवारी घोषणा गर्दैगर्दा एमालेकै नेता र कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त नगरेका पनि होइनन् । यद्यपी एमाले विरासत जोगाउन नेम्वाङको उम्मेदवारी आवश्यक ठानेर नै एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई चुनावी मैदानमा उत्रिन दर्बिलो साथ लिएको भन्ने भनाई पनि थियो । त्यसो त एमालेलाई त्यस क्षेत्रबाट जित निकाल्न थुप्रै चुनौतीहरु थिए । पहिचानको आन्दोलनसँग जोडिएको मुद्दा, रास्वपका उम्मेदवार र आफ्नै पार्टी । तर, पनि विजयी यात्रा निरन्तर रह्यो । यता, मौन भएर चुनावी प्रचारप्रसारमा होमिएका नेपाली काँग्रेसका उम्मेदवार खड्कालाई भने मुढा अर्थात पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमसँग सामना गर्नुनै झण्डै हम्मेहम्मे परेको थियो ।

अघिल्लो निर्वाचनमा सुवास नेम्वाङलाई जीत हाँसिल गर्न झण्डै सकस बनाएको अवस्थामा यो पटक उनै नेम्वाङको छोराले हम्मेहम्मे बनायो । यद्यपी काँग्रेसले इलाम २ मा दोस्रो स्थान नै कायम राख्न सफल भयो । यता, चुनावी प्रचारप्रसारमा तामझामका साथ अगाडी बढेको रास्वपाले निर्वाचनमा थ्रेस होल्ड समेत कटाउन सकेन । पत्रकार समेत रहेका मिलन लिम्बूले आफ्नै वडामा बलिायो मत प्राप्त गर्न सकेनन् । सामाजिक सञ्जालमा प्रचारप्रसारको क्षेत्रमा बलियो देखिएपनि मैदानमा भने रास्वपा फितलो देखियो । आन्दोलनको मैदानमा बृहत देखिएको पहिचान पक्षधर निर्वाचनको मैदानमा एकमत हुन सकेनन् ।

लिम्बू–लिम्बू बीचको प्रतिस्पर्धाले पनि पहिचानपक्षधर अर्थात स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम तेस्रो स्थानमा हुन पुगेको सरोकारवालाहरु बताउछन् । यद्यपी घण्टिको तुलनामा ११ हजार ६ सय ४८ मत प्राप्त गर्नु पहिचानको आन्दोलन सफल भएको उनीहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्