डेटाहबलाई यस वर्षको आइसिटी अवार्ड

डेटाहबलाई यस वर्षको आइसिटी अवार्ड

काठमाडौं। यस वर्षको राष्ट्रिय आइसिटी अवार्डबाट डेटाहब प्रालि सम्मानित भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार राष्ट्रिय आइसीटी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्राइभेट सेक्टरतर्फ डेटाहबलाई सम्मान गरेको हो ।

डेटाहबले देशमा पहिलो पटक डेटा सेन्टर स्थापना गर्दै साना तथा ठूला कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ। यो कम्पनी देशको अग्रणी डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायक पनि हो । निजी क्षेत्रको पहिलो डेटा सेन्टरको रूपमा सन् २०११ मा कम्पनी स्थापना भएको थियो । यसको बुटवलमा डिजास्टर रिकभरी साइट पनि छ ।

विगत एक दशकभन्दा बढी समयदेखि बैंक तथा वित्तीय संस्था, एनजीओ, आईएनजीओ, आईसीटी कम्पनी, ई-कमर्स, टेलिकम, हस्पिटल, फिनटेक, स्टार्टअप लगायत ७ सयभन्दा बढी साना तथा ठूला व्यवसायलाई कम्पनीले सेवा उपलब्ध गराउँदै आइरहेको छ । कम्पनीले गूगल, फेसबुक, अकामाई जस्ता विश्व प्रसिद् संस्थालाई पनि नेपालको लागि सुविधा प्रदान गर्दै आएको छ । क्लाउड सर्भिसको लागि अन्तराष्ट्रिय स्टान्डर्डको सेल्फ सर्भिस पोर्टल एतिक्लाउड पनि सञ्चालनमा रहेको छ । सन् २०१५ को भूकम्प, कोरोना महामारी जस्ता विपद्मा पनि निरन्तर सेवाप्रवाह गरेको डेटाहबले नेपालको डिजिटल अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

सुरक्षाका लागि आईएसओ सर्टिफिकेट प्राप्त गरेको डेटाहबले पूर्वी नेपालमा समेत डेटा सेन्टर बनाउने योजना लिएको छ भने काठमाडौं र बुटवल र्याकको क्षमता बढाउँदै गएको छ । कम्पनीले ५० जना बढीलाई रोजगारी दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्