अब नगरवासीलाई काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी गराउने

<span class='c1'>अब नगरवासीलाई काठमाडौं महानगरले</span> <span class='c2'>निःशुल्क लोकसेवा तयारी गराउने</span>

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरवासीका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

महानगरले आज सूचना प्रकाशन गरी महानगरपालिकाभित्र स्थायी रुपमा बसोबास गरेकाहरुका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न लागेकोले आवेदन माग गरेको हो ।

लोकसेवा तयारी गरिरहेका इच्छुक नागरिकले नागरिकताको प्रतिलिपि, स्थायी बसोबासको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रसहित सात दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेश गर्न महानगरले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्