‘घरजग्गा कारोबारको पारदर्शिता कायम गर्ने विषय चुनौतीपूर्ण’

<span class='c1'>‘घरजग्गा कारोबारको पारदर्शिता कायम</span> <span class='c2'>गर्ने विषय चुनौतीपूर्ण’</span>

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घर जग्गा कारोवारमा पारदर्शिता कायम गर्ने कुरा प्रमुख चुनौतीको रुपमा देखा परेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित रियल स्टेट सम्मेलन २०२४ कार्यक्रममा उनले कानुन बमोजिम व्यवसाय दर्ता वा इजाजत नलिई कारोवार गर्ने परिपाटीले एकातिर सरकारले राजस्व गुमाइराखेको साथै अर्कोतिर लगानीकर्ता र घर जग्गा खरीद गर्दाको कानुनी संरचनामा समेत कठिन भइरहेको उनको भनाई छ ।

उनले भने,‘घरजग्गा कारोवारमा पारदर्शिता कायम गर्ने कुरा प्रमुख चुनौतीको रुपमा देखा परेको छ । कानुन बमोजिम व्यवसाय दर्ता वा इजाजत नलिई कारोवार गर्ने परिपाटीले त्यसको कारोवार गरेको करको दायरामा आउन नसकेकोले एकातिर सरकराले राजस्व गुमाइराखेको छ भने अर्कोतिर लगानीकर्ता र घर जग्गा खरीद गर्दाको कानुनी संरचना समेत कठिन हुने अवस्था छ । जग्गा कारोवारमा पारदर्शिताको लागि नेपालमा रियल स्टेट उद्योग व्यवस्थित र व्यवसायीक हुन जरुरी छ ।

उनले नेपालमा रियल स्टेट उद्योगले अझैपनि पूणर् व्यवसायी आकार ग्रहण गर्न नसकेको बताए । व्यवसायिक मर्यादामा रहि प्रचलित कानुनको पालना गरेर व्यवसाय गर्न सकिने वातावरण तयार हुन सकेमा रियलस्टेट व्यवसाय नेपालमा पूणर् व्यवसाय बन्न सक्ने सम्भावना रहेको उनको भनाई छ ।
उनले भने,‘नेपालमा रियलस्टेट उद्योगले पूणर्व्यवसायी आकार ग्रहण गर्न सकेको अवस्था अर्झै छैन् । व्यवसायिक मर्यादामा रहि प्रचलित कानुनको पालना गरेर व्यवसाय गर्न सकिने वातावरण तयार हुन सकेमा रियल स्टेट व्यवसायले नेपालमा पनि प्रत्यक्षित व्यवसाय बन्न सक्ने सम्भावनाहरु प्रसस्त देखिन्छन् ।’

मन्त्री अधिकारीले जग्गा कारोवारमा पारदर्शिताको लागि नेपालमा रियल स्टेट उद्योग व्यवस्थित र व्यवसायिक हुन जरुरी रहेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्