नेपाली कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभा बैठक स्थगित

<span class='c1'>नेपाली कांग्रेसको नाराबाजीपछि प्रतिनिधि</span> <span class='c2'>सभा बैठक स्थगित</span>

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।

नीति तथा कार्यक्रम प्रस्तुतपछि राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिन मंगलबार अपराह्न बसेको बैठक कांग्रेसको अवरोधपछि स्थगित भएको हो।

सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसदहरू बसेको ठाउँबाट उठेर वेल घेर्न पुगेका थिए। उनीहरूले 'सहकारी पीडितलाई न्याय दे, संसदीय छानबिन समिति गठन गर' जस्ता नाराबाजी गरेका थिए।

सभामुख घिमिरेले महत्वपूर्ण कार्यसूची रहेको बताएका थिए। उनले अधिवेशन सुरू भएदेखि नै कतिपय पत्र र राष्ट्रपतिलाई धन्यवाद दिन नपाएको पनि बताएका थिए। उनले केही पत्र पढेर आजको कार्यसूचीमा जाने बताएका थिए।

उनले अध्यादेशलाई अधिवेशन सुरू भएकै दिनमा टेबल गर्नुपर्ने भए पनि अहिलेसम्म टेबल नभएको बताएका थिए।

कांग्रेस सांसदहरूले 'सहकारी ठगलाई कारबाही गर, संसदीय समिति गठन गर' जस्ता नारा लगाएका थिए।

कांग्रेस सांसदहरूले नाराबाजी गर्दा राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी पनि बसेको ठाउँबाट उठेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्