निःशुल्क लिन्छन्–देखाएर रोप्छन्, संरक्षण गर्दैनन् बिरुवा

<span class='c1'>निःशुल्क लिन्छन्–देखाएर रोप्छन्,</span> <span class='c2'>संरक्षण गर्दैनन् बिरुवा</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरभित्र रहेका विभिन्न संस्थाले डिभिजन वन कार्यलयबाट निःशुल्क विरुवा लिने गरेका छन्। वन कार्यालयले निःशुल्क उपलब्ध गराउने बिरुवा देखाएर रोपिन्छ । सामाजिक काम गरेको, वातावरणको क्षेत्रमा योगदान दिएको, हरित शहरलाई सहयोग गरेको भनेर जे जे नाम दिएर रोपिने गरिएको भएपनि बिरुवाको संरक्षण भने नहुने गरेका हुन् ।

एक वर्षिय, वहुवर्षिय गरी दुई किसिमले बिरुवा लाई छुट्याएर उत्पादन हुन्छन् । विभिन्न प्रकारका फलफुल, तरकारी, धुपि लगायत अन्य विरुवा डिभिजन वन कार्यालयमा पाईन्छ । निःशुल्क रुपमा पाईने विरुवा विभिन्न संस्थाले कुनै विशेष दिनको अवसरमा समेत वृक्ष रोपण गर्दछन् । संस्थाले महानगरका कुनै पनि स्थानमा विरुवा लगाउन चाहेमा महानगरसंग अनुमति लिनुपर्ने हुन्छ । महानगरले उक्त स्थानमा परीक्षण गरी यदि विरुवा लगाउन उपयुक्त भएमा मात्र अनुमति दिने सरसफाई शाखा प्रमुख पुनम दाहालले जानकारी दिए ।

दाहाल भन्छन् विरुवा लगाएर मात्र हुदैन यसको संरक्षण पनि सोहि संस्था अथावा संस्थाले महानगरपालिकासंग सम्झौता गरेको भए महानगरपालिकाले नै गर्नुपर्ने हुन्छ । अहिले पनि केहि संस्थाले विरुवा लगाउन महानगरबाट स्वीकृति चाहेको तर महानगरले यदि विरुवाको संरक्षण समेतको ब्यवस्था भएमात्र स्वीकृति दिन मिल्ने जनाएको छ ।
विभिन्न जातका विरुवा लिन आउने संस्थाहरुले भने संरक्षण गर्ने प्रतिवद्धताका साथ लैजाने गरेका छन् । तर महानगरभित्रका कतिपय स्थानमा भने नामका लागि मात्रै रोप्ने गरिएको छ । विरुवा रोपिनु भन्दा रोपिएका विरुवालाई हुर्काउन संर्घष लाग्छ । वर्षेनी विरुवा उत्पादनमा करोडौं बजेट खर्च हुने गरेपछि धेरै बिरुवा हुर्काउन भन्दा देखाउन मात्रै रोपिने गरेको छ ।

बजेट अनुसार गाउँ देखि शहरनै हराभरा हुनुपर्ने हो । तर संरक्षण नहुदा विरुवा रोपिएको केहि महिनामै सुक्ने गरेका छन् । डिभिजन वन कार्यलय मोरङका वन अधिकृत एवम् सुचना अधिकारी राम लखन ठाकुरका अनुसार सय वटासम्म विरुवा लिनेलाई लिखित रुपमा निवेदन पेश गर्नुपर्ने बताउछन् । यदि कसैले २ ,४ गरी खुद्रा घरको लागी लगेमा सामान्य तथ्याङक लिई विरुवा दिने गरेको छ । यदि ५ सय वा यो भन्दा बढि विरुवा कुनै किसान ले माग गरेमा विरुवा लगाउने स्थानको लाल पुर्जाको नक्ल र कित्ता नं। वन कार्यलयमा पेश गर्नु पर्ने हुन्छ । यसैगरी कुनै संस्थाले विरुवा र्सावजनिक स्थलमा रोप्नको लागी माग गर्दा लिखित रुपमा विरुवा हुर्काउने देखि विरुवा रेखदेख गर्ने प्रतिवद्धता जनाए मात्र विरुवा उपलब्ध गराउने वन व्यवस्थापन शाखाका वन अधिकृत घनश्याम कुमार यादवको दावी छ । उनका अनुसार वन कार्यालयबाट लगिएका विरुवाको संरक्षण भए नभएको निरीक्षण समेत भईरहेको छ । विरुवा लगाएका मध्य ७० प्रतिशत विरुवा जागेमा त्यसलाई संरक्षण गरेको मानिने सुचना अधिकारी बताउछन् । डिभिजन वन कार्यलयमा विरुवा लगेका संस्थाले कहाँ रोपेका छन् संरक्षण कतिको भईरहेको छ भन्ने अनुगमन भने हुने गरेको छैन । जनशक्ति अभाव हुँदा सबै ठाउँ अनुगमन गर्न नसकिएको दावी छ ।

डिभिजन वन कार्यालय मोरङमा चालु आर्थीक वर्ष विभिन्न स्थानमा संचालनमा भएको नर्सरीबाट जम्मा ५ लाख एक वर्षिय विरुवा उत्पादन गरी गरिएको छ । त्यस बाहेक कार्यालयले २ लाख ९० हजार बहुवर्षिय विरुवा संख्या उत्पादन गरेको छ । एक वर्षिय विरुवाको उत्पादन र बहुवर्षिय विरुवाको उत्पादन गरी जम्मा ७ लाख ९० हजार उत्पादन उत्पादित बिरुवा रोप्ने सिजन आरहेको छ । कुल लागत १ करोड १३ लाखमा उत्पादन भएका बिरुवा निजी वन तथा सार्वजानिक वनहरुले रोप्नेछन् ।

यसैगरी गत वर्ष २०७९÷०८० मा समेत विरुवा उत्पादनमा १ करोड २० लाख १५ हजार लागतमा विभिन्न जातका एक वर्षिय र बहुवर्षिय विरुवा उत्पादन गरिएक्ँे छ । गतवर्ष ९ लाख २६ हजार ५ सय विरुवा उत्पादनको लक्ष्य राखिएको थियो । जसमा वास्तविक उत्पादन ९ लाख ४८ हजार ९ सय चौवन्न रहेको छ । यि मध्य १० लाख ९६ हजार ७४२ विरुवा वितरण गरिएको थियो । एक लाख ८२ हजार ४९७ विरुवा मौज्दात रहेको थियो ।

यस्तै अघिल्लो वर्ष २०७८।०७९मा डिभिजन वन कार्यलयका विभिन्न स्रोतबाट ८ लाख १५ हजार भिभिन्न जातका एक वर्षीय र बहुवर्षिय विरुवा उत्पादन गरिएको हो । एक वर्षिय विरुवाको कुल लागत ५० लाख रहेको छ । यस्तै बहुवर्षिय विरुवाको ६० लाख रहेको छ । फलफुलको विरुवाको लागत १५ लाख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्