सुनसरीमा लागुऔषध ओसार पसारमा संलग्न २ जनालाई गोली प्रहार गरी नियन्त्रण

<span class='c1'>सुनसरीमा लागुऔषध ओसार पसारमा संलग्न २</span> <span class='c2'>जनालाई गोली प्रहार गरी नियन्त्रण</span>

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-६ ईचौल स्थितबाट लागुऔषध ओसार पसारमा संलग्न रहेका दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

जेठ ३ गते साँझ लागुऔषध ब्राउनसुगरको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ र इलाका प्रहरी कार्यालय पकली सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले रामधुनी-६ स्थितमा संकास्पद अवस्थामा रहेका सप्तकोशी नगरपालिका-५ सप्तरीका ३५ वर्षीय श्याम सुन्दर खंग र ईटहरी उप-महानगरपालिका-५ सुनसरीका ४० वर्षीय श्याम प्रसाद निरौलालाई चेक जाँच गर्दा प्रहरी माथि नै आक्रमण गरे पश्चात प्रहरीले प्रतिकार स्वरुप १ राउण्ड गोली प्रहार गर्दा खंगको पिडुँलामा लागि घाईते भएको र संलग्न दुवै जनालाई २१० ग्राम ७३० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।

गोली लागि घाईते भएका खंगको सान्वी सिटी अस्पताल लविपुरमा प्रहरीको निग्रानीमा उपचार भईरहेको छ। भने घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्