क्यान्सरलाई जितेकी कविता भन्छिन् ‘नयाँ जीवन पाए’

क्यान्सरलाई जितेकी कविता भन्छिन् ‘नयाँ जीवन पाए’

प्रेम देवान
विराटनगर । शरिर भित्रका अंगहरुले बेला बेलामा दु:ख दिईरहे पनि सधैँ हसिलो अनुहार पारेर बस्छिन् कविता विश्वकर्मा । भर्खरै २० बर्षमा मात्र पाईला टेक्दै गरेकी कविता सुनसरी जिल्लाको खनार १२ घर भएकी क्यान्सर पिडित हुन् । उनलाई ८ महिना अगाडी ब्लड क्यान्सर देखा पर्यो । सुरुको दिनमा ज्वरो आउने , गिजाँ सुन्निने र हातभरी डाबर जस्तो ठेउला देखा पर्यो ।

आफ्ना बाबा पनि सानै उमेर हुँदा वितेकाले आमाको सहारामा बस्दै आएका थिईन् । अनि त्यही आमाको साथमा नजिकै रहेको मेडिकल पसलमा पुगिन् । मेडिकल पसलले पनि एक हप्ताको औषधी थमाईदियो । तर हप्ता दिनसम्म वितिक्सदा पनि कुनै सुधारको लक्षण नदेखाएपछि मोरङ्गको बुढीगंगामा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा जाच गर्न लगे । विराट टिचिङ परिसरमा रहेको रेवन्त— रुक्मणी मेमोरियल विराट क्यान्सर ईन्स्टिच्युटमा उनलाई क्यान्सर भएको पत्ता लाग्यो । सुरुमा कवितालाई थाहा दिएन । उनका परिवारले मात्र थाहा पाए । जब कवितामा क्यान्सर रोग छ भन्ने पत्ता लाग्यो उनका परिवारहरु छाँगाबाट खसे झैँ भए । परिवारमा के गर्ने र कसो गर्ने भनेर अतालिन थाले । घरपरिवारमा चितवनको भरतपुर उता काठमाडौं कता लग्ने भन्ने विषयमा दोधारमा परे । तर यता विराट टिचिङ हस्पिटलका क्यान्सर रोग विशेषज्ञ डाक्टर सुलभ सापकोटाले विरामीका आफन्तलाई राम्रोसंग परामर्स दिए । नभन्दै रेवन्त–रुक्मणी मेमोरियल बिराट क्यान्सर इन्स्टिच्युटमा कविताका परिवारले उपचार गर्ने सल्लाह गरे । क्यान्सर रोगको उपचार गर्न निकै नै महङ्गो भएका कारण परिवारले धेरै नै ऋण खोजेर उपचार गर्दै गए ।

यता विराट टिचिङ हस्पिटलले क्यान्सरको उपचारको पहुँचको दुरीलाई घटाउदै लाने संकल्प सहित क्यान्सर बिरामीको उपचार सहयोगार्थ साथै आम जनमानसमा क्यान्सर सम्बन्धि जनचेतना ब्यापक रुपमा फैलाउने उद्देश्यका साथ “आशा क्लोज द केयर ग्याप“ कार्यक्रम ल्यायो ।
रेवन्त–रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटमा भर्ना भएका क्यान्सर पिडितहरुलाई आर्थिक सहयोग जुटाउनको लागि विविध
सांस्कृतिक कार्यक्रमदेखी साइकल ¥याली, स्कुटर ¥याली, कार ¥याली, म्याराथन, मेडिटेसन, क्यान्सर जित्नेहरूको सफलताको कथा, क्यान्सर रोग विशेषज्ञद्वारा जनचेतना सम्बन्धी प्रस्तुति, स्कुलका विद्यार्थी बालबालिकाद्वारा प्रतिभा प्रस्तुति, सांगीतिक कार्यक्रम जस्ता विभिन्न सचेतनामूलक कार्यक्रम गर्यो । जहाँ क्यान्सर पिडितहरुको उपचारको लागि आर्थिक सहयोग जुटाएका थिए । हस्पिटलले ६ जना क्यान्सर पिडितहरुको लागि आशा कार्यक्रमबाट उपचार गर्ने तर्फ अग्रसर भयो ।

यता झन्डै ८ महिनाको उपचारपछि कविताको अवस्था सुध्रदै गयो । नभन्दै हिजो परिवारले छोरीको अवस्था यहाँसम्म आईपुग्छ होला भनेर सोचेका पनि थिएनन् । कविताको उपचारको लागि हस्पिटलका क्यान्सर रोग विशेषज्ञ डाक्टर सुभल सापकोटा लगायतको टिमले उपचार गरेका थिए । आज कविता सबैसँग राम्रोसँग बोल्न सक्ने भएकी छिन् । हामी त्यहाँ रिर्पोटिङको लागि पुग्दा उनी हाँस्दै आफुलाई गर्वको आभाष महसुस गरिरहेकी थिईन् । अब त म बाँच्छु जस्तो लाग्छ भन्दै छेउमा रहेकी आमा आफन्त चिकित्सकहरुसँग कुरा गरिरहेकी थिईन् ।
कवितालाई ए.एम.एल अर्थात वोनम्यारो क्यान्सर भएका कारण रातो, सेतो रगतको कमी भई शरिरमा खटिरा आउने गरेको उनको उपचारमा संलग्न चिकित्सक क्यान्सर रोग डाक्टर सुलभ सापकोटाले बताउनुभयो । सुरुवाती चरणको भन्दा अहिले धेरै नै सुधार भएको डाक्टर सापकोटाले बताउनुभयो ।

उनको उपचारमा १५ देखी २० पिन्ट रगत समेत चढाएको चिकित्सकले बताएका छन् । सुरुको १ महिनाको अवस्था हेर्दा बचाउन गाह्रो होला जस्तो भएको थियो। तर पछि विस्तारै सुधार हुँदै गएको डाक्टर सुलभ सापकोटाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्