विराटनगर । इलाका प्रहरी कार्यालय ईटहरी सुनसरीका प्रहरी सहायक हवल्दार सुरजकुमार भुजेल र कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत प्रहरी जवान शमशेरबहादुर मगर वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भई पुरस्कृत भएका छन् ।
कोशी प्रदेशभरी कार्यरत रहेका प्रहरी कर्मचारीहरु मध्येबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुको छनोट गरी पुरस्कृत गर्दै आएको छ ।
पुरस्कृत भएका भुजेलले इटहरीमा भएका हत्याका घटनाहरुका अभियुक्तहरुलाई पक्राउ गर्नुका साथै लागुऔषध कारोबारीहरुलाई समेत पक्राउ गर्न सफल भएका जनाइएको छ ।
मगरले तालिम केन्द्रमा बाधापार इभेन्ट्स निर्माण लगायत प्रशिक्षण एवं पुर्वाधारको स्तरोन्नतिमा महत्वपुर्ण भुमिका निर्वाह गरेकोले उनीहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै पुरस्कृत गरिएको हो ।