नागरिकता किर्ते प्रकरणमा कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ

<span class='c1'>नागरिकता किर्ते प्रकरणमा कान्तिपुरका</span> <span class='c2'>अध्यक्ष सिरोहिया पक्राउ</span>

काठमाडौं । नागरिकता किर्ते प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।

जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले उनलाई थापाथलीको सेन्ट्रल बिजनेस पार्कस्थित कान्तिपुर पब्लिसेकसन्सको कार्यालयबाट पक्राउ गरेको हो ।

सिरोहियालाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो ।
उनलाई पक्राउका लागि गएको टोलीले कार्यकक्षमा पुगेर पुर्जी थमाएको थियो । पुर्जी दिइसकेपछि उनलाई कान्तिपुरको कार्यालयबाट निकालेको हो । यसअघि प्रहरी टोलीले सिरोहियालाई सञ्चारमाध्यममा आफ्ना भनाइ राख्न मागेको समय दिएको थियो । दोहोरो नागरिकता प्रकरणमा सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले मंगलबार अनुमति दिएको थियो ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको नागरिकता नम्बरमा रहेको रेकर्ड अर्कै व्यक्तिको रहेको पाइएपछि गत वैशाख तेस्रो साता जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो । सिरोहियाविरुद्ध नागरिकता ऐनअनुसार कारबाहीका लागि सर्लाहीका इन्द्रजीतप्रसाद महतोले प्रहरीमा उजुरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्