कामीरिताको नयाँ कीर्तिमान, ३० औँ पटक सगरमाथाको चुचुरोमा

<span class='c1'>कामीरिताको नयाँ कीर्तिमान, ३०</span> <span class='c2'>औँ पटक सगरमाथाको चुचुरोमा</span>

काठमाडौं । कीर्तिमानी हिमाल आरोही तथा पर्वतारोही गाइड कामीरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा चढेको आफ्नै रेकर्डलाई तोडेर ३० औँ पटक सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक रेकर्ड बनाएका छन् ।

उनी ११ दिनको अन्तरालमै दुई पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका हुन् । गत बैशाख ३० गते आइतबार कामीरिताले २९ औँ पटक सगरमाथाको चुुचुरोमा पुगेर आफ्नै रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएका थिए । उनी बुुधबार बिहान ७:४९ बजे फेरि सर्वोच्च शिखर पुगेको आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमले जानकारी दिए ।

फोर्टिन पिक एक्पीडिसन कम्पनीबाट आरोही गाइडको रूपमा उनले विदेशी आरोही लिएर आज चुचुरोमा पुगेको सो कम्पनीले जनाएको छ । सोलुखुम्बु थामेका ५४ वर्षीया कामीरिताले २०५१ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एक मात्र शेर्पा गाइड तथा पर्वतारोहीको परिचय बनाएका कामीरिताले पछिल्लो समय आफ्नै रेकर्ड तोड्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्