विराटनगर । गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीका ४ दिन सडकमा ड्युटी नखटाउने घोषणा गरेका छन्। गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सो घोषणा गरेका हुन् ।
गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’