घरघरमा पुगेर विराटनगरमा अपाङ्गता भएका व्यक्तिको गणना

<span class='c1'>घरघरमा पुगेर विराटनगरमा अपाङ्गता</span> <span class='c2'>भएका व्यक्तिको गणना</span>

इशु पन्त
विराटनगर। विराटनगर महानगरपालिकामा फरक क्षमता भएका व्यक्ति अर्थात् अपाङ्गता गणना सम्पन्न भएको छ । महानगरपालिका, सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन संस्थाको सहकार्यमा तथ्याङ्क संकलन गरिएको हो।

हरेक वडामा घरमै पुगेर तथ्याङ्क संकलन गर्ने काम गरिएको हो । आर्थिक वर्ष २०८०\२०८१ मा महानगरपालिका भित्र मात्रै अपाङ्गता भएका व्यक्तिहरुको संख्याको अन्तिम विश्लेषणको काम भईरहेको छ । विराटनगर महानगरभित्र अध्ययनरतको संख्या तीन सय १५ जना रहेका छन् । जसमा विराट बहिरा मा.वि. मा २५०, गोग्रहामा १५ र आदर्श माध्यमिक विद्यालयमा ५० विद्यार्थी पठनपाठनमा संलग्न छन् ।

अपाङ्गता व्यक्तिलाई हरेक वार्डले प्रकृतिको आधारमा परिचयपत्र दिएका हुन्छन् । यसका आधारमा सामाजिक सुरक्षा भत्ता दिइन्छ भने महानगरले सामुदायिक विद्यालयलाई अध्ययनरत विद्यार्थीलाई प्रोत्सान स्वरुप छात्रवृत्ति दिने गरेको छ। यसैगरी विद्यालयमा आवासीय रुपमा बस्न नचाहने विद्यार्थीलाई प्रतिमहिना ५०० रुपैयाँका दरले दश महिनाको रकम उपलब्ध गराउने गरिएको छ । अरुको सहयोगमा वा साधनमा विद्यालय पुग्नुपर्ने विद्यार्थीहरुलाई आवातजावत गर्ने रकमको रुपमा उपलब्ध गराइएको हो ।

यसैगरी घरबाट विद्यालयसम्म आउन जान सक्ने अवस्थाका अपाङ्गता भएकाहरुलाई शैक्षिक सामग्री छात्रवृत्ति वापत मासिक एक सय रुपैयाँको दरले दश महिनासम्म उपलब्ध गराउने गरिएको छ । गम्भीरताको आधारमा अपाङ्गता भएका व्यक्तिहरुलाईलाई चार वटामा सूचीमा राखिएको छ । जसका आधारमा कार्ड समेत फरक–फरक रङ्गको हुन्छ । रातो (पूर्ण अपाङ्गता) निलो ( अति अपाङ्गता) , पहेंलो (मध्यम) र सेतो (सामान्य) मा वर्गीकरण भएको मानिन्छ ।

प्रकृतिको आधारमा दश वटा अपाङ्गताको वर्गीकरण गरिएको छ । सबै प्रकृतिका अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त विद्यालय संरचना हुन आवश्यक छ । विद्यालयमा व्हीलचेयर जान सक्ने भवन संरचना भए मात्र महानगरगरको घरनक्सा शाखाबाट पास हुने मापदण्ड भएता पनि पूर्ण कार्यान्वयन भएको छैन । विद्यालयको भुँई तलालाई पहुँचयुक्त बनाएर विशेष कक्षा सञ्चालन गरिँदै आएको छ । विराटनगरमा ५६ सामुदायिक विद्यालयमध्ये ८० प्रतिशत भने पहुँचयुक्त बनाइएको छ । महानगरका विद्यालयको भुँई तलासम्म ¥याम्पको सुविधा पु¥याउने योजना रहेको सब–इन्जिनियर उमेश शंखरले बताएका छन्।

विराटनगर महानगरपालिकाले तीन वटा सामुदायिक विद्यालयमा अपाङ्गता मैत्री विद्यालय छ। विशेष विद्यालय विराट बहिरामा सुनवाई, स्वर र बोलाई सम्बन्धित अपाङ्गता भएका विद्यार्थीहरुको पाठशाला हुन्छ। अर्को गोग्राह मा.बि.मा एउटा बौद्धिक विशेष कक्ष साथै घर टाढा भएकाको लागि आवासीय सुविधा रहेको छ । उक्त विद्यालयमा २०५२ सालदेखि निरन्तर रूपमा दुई वटा स्रोत कक्षा संचालनमा आएको हो।

विद्यालयमा अपाङ्गता भएका बालबालिकालाई विशेष हेरविचार, सरसफाई र सिकाई गर्नुपर्ने हुन्छ। तर, जनशक्ति र स्रोत साधनको चुनौती देखिएको छ। गोग्राह मा.वि.को छात्रावास सहयोगी जमुना बिष्टले एक्लैले खाना पकाउने, तरकारी ल्याउने, शौच गर्न सहयोग गर्ने, कपडा धुने र फरक व्यवहारसँग एक्लैले काम गर्नुपर्ने हुँदा समस्या परिरहेको बताइन् । विद्यालयका प्राचार्य टंक सिटौलाले बौद्धिक कक्षामा १८ जना विद्यार्थी भर्ना भएको जानकारी दिएका छन् । उनले महानगरपालिकाले भन्दा सामाजिक विकास मन्त्रालयले विशेष कक्षालाई सहयोग गरिरहेको बताए।

आदर्श मा.बि.मा पाँच वटा स्रोत कक्ष रहेका छन् । सी.पी.कक्षलाई काठमाडौंको मस्तिष्क पक्षघात संस्थाको सहयोगमा सञ्चालित रहेको छ। यसैगरी रोटरी क्लबले खाजाको व्यवस्था मिलाउँदै आएको छ । अटिजम कक्ष महानगरको सहयोगमा सञ्चालनमा रहेको छ । एक जना आय, एक शिक्षक सुस्त श्रवण, बौद्धिक र डेफ लाइन भने संघीय सरकार मातहत छन् ।

अपाङ्गता भएका व्यक्तिको अधिकार ऐन २०७४ को अनुसूची १ दफा ३ उपदफा (१) अनुसार शारीरिक अपाङ्गता, दृष्टि सम्बन्धी अपाङ्गता, सुनाइ सम्बन्धी अपाङ्गता, श्रवण दृष्टिविहीन अपाङ्गता, स्वर र बोलाइ सम्बन्धी अपाङ्गता, मानसिक वा मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता, अनुवंशीय रक्तश्राव (हेमोफिलिया) सम्बन्धी अपाङ्गता, अटिज्म सम्बन्धी अपाङ्गता, बहुअपाङ्गता पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्